Nepal No 1 Online News Portals News site -Nepaltathya.com
आइतबार, ६ बैशाख २०८३, १९ : ४१ : ४५ | Apr 19, 2026

लहानमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आकर्षण बढ्दो, ६३ जना विभिन्न पार्टी परित्याग गरी पार्टी प्रवेश।

nepaltathya_news nepaltathya_news
|
सोमबार, माघ २६, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • २६ माघ,सिरहा ।
  • लहानमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनआकर्षण बढ्दै गएको छ।
  • लहानका दुई जना युवा व्यवसायी ओमप्रकाश शर्मा र सन्तोष कुमार पासवानको अगुवाइमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ६३ जना राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्।

२६ माघ,सिरहा ।

लहानमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनआकर्षण बढ्दै गएको छ। लहानका दुई जना युवा व्यवसायी ओमप्रकाश शर्मा र सन्तोष कुमार पासवानको अगुवाइमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ६३ जना राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्।कार्यक्रममा प्रमुख अतिथिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता पुरुषोत्तम यादवको उपस्थिति रहेको थियो। कार्यक्रममा लहानका विभिन्न वडाबाट उल्लेखनीय सहभागिता देखिएको थियो। पार्टी प्रवेश गर्नेहरूमा बाली गुप्ता (वडा १), बिकी सुनी(वडा २), बिनोद चौधरी (वडा ५), अम्रेस (वडा ८), बरुन रौनियार (वडा १), बिबेक साह (वडा १०), बिनेस झा (वडा ८), सन्दिप कुमार साह (वडा ११) लगायत अमर यादव, सुवास दास, रञ्जित कुमार साह, गणेश साह, सन्तोष कुमार पासवान, विजय कुमार यादव, ओमप्रकाश शर्मा सहित अन्य गरी कुल ६३ जना रहेका छन्।


कार्यक्रम आयोजक गितान्जली अटो वर्कशपका प्रबन्ध निर्देशक ओमप्रकाश शर्माका अनुसार देशमा देखिएको परिवर्तनको चाहना र वैकल्पिक राजनीतिप्रतिको विश्वासका कारण राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आकर्षण बढ्दै गएको हो। युवा व्यवसायी सन्तोष कुमार पासवानसँगको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा वक्ताहरूले अब परिवर्तनको लहर गाउँ–गाउँ फैलिँदै गएको बताएका थिए।
कार्यक्रममा सहभागी नयाँ सदस्यहरूलाई पार्टीको नीति, विचार र भावी योजनाबारे जानकारी गराउँदै स्वागत गरिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वासको मत पाउने निश्चित नभएपछि राजीनामा दिने तयारीमा मधेशका मुख्यमन्त्री
फागुन २१ मा हुने निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत
१६४ जना समानुपातिक उम्मेदवारले लिए नाम फिर्ता
ओरालो लागेकाहरुको एकतामा निकास छैनः घनश्याम भुषाल
इकुमा पहिरो जाँदा अरनिको राजमार्ग अवरुद्ध
सिन्धुलीको दुधैलीमा बस र मोटरसाइकल ठो*क्किँदा एकको मृ*त्यु, एक घाइते
आज १२ औं राष्ट्रिय कृषक दिवस मनाइँदै
नक्कली डीएसपी बनेर जबरजस्ती करणीको मुद्दा मिलाउन आठ लाख रुपैयाँ लिने पक्राउ
कार्यकर्तालाई ओलीको निर्देशन- सरकारको होइन, चुनावको चिन्ता गर्नुस्
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा स्वाधीन संयुक्त सरकार गठनको प्रस्ताव

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...