११ महिनापछि शेयर बजारमा २१ अर्बभन्दा बढीको कारोबार
सारांश
- ४ असार, काठमाडौं ।
- ११ महिनापछि शेयर बजारमा २१ अर्बभन्दा बढीको कारोबार भएको छ ।
- आइतबार शेयर बजारमा ११ महिनापछि २० अर्ब बढीको कारोबार भएको हो ।

४ असार, काठमाडौं ।
११ महिनापछि शेयर बजारमा २१ अर्बभन्दा बढीको कारोबार भएको छ । आइतबार शेयर बजारमा ११ महिनापछि २० अर्ब बढीको कारोबार भएको हो ।आइतबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ०.३२ अंकले घटेर २८७०.९५ को विन्दुमा कायम भएको छ । आज २१ अर्ब ४६ करोड ४९ लाख ९५ हजार रुपैयाँ कारोबार भएको छ ।

अन्तिमपटक २०८१ भदौ २ गते २८ अर्ब ३९ करोड रुपैयाँ बढीको कारोबार भएको थियो । त्यसयता भदौ ९ गते १९ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएको थियो । गत साताको अन्तिम कारोबारका दिन बिहीबार परिसूचक ७५.८४ अंकले बढेर २८७०.६३ को विन्दुमा बन्द भएको थियो । आज उन्नती सहकारी लघुवित्त वित्तीय संस्था र सान्भी इनर्जी लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया