१८ वर्ष पछि मलंगवा जुनियर जेसीजको नेतृत्वमा महिला

nepaltathya_news nepaltathya_news
|
बुधबार, माघ ७, २०८२
|
|
७ पटक हेरिएको
Shares

सारांश

  • ७ माध, सर्लाही ।
  • मलंगवा जुनियर जेसीजको वर्ष २०२६ का लागि नेतृत्व चयन प्रक्रिया सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ ।
  • आपसी समझदारी, एकता र सहकार्यका आधारमा सबै पदका पदाधिकारीहरू निर्विरोध चयन भएका हुन् ।

७ माध, सर्लाही ।

मलंगवा जुनियर जेसीजको वर्ष २०२६ का लागि नेतृत्व चयन प्रक्रिया सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ । आपसी समझदारी, एकता र सहकार्यका आधारमा सबै पदका पदाधिकारीहरू निर्विरोध चयन भएका हुन् ।

नवगठित कार्यसमितिको अध्यक्षमा जु. जेसी रितिका मिश्र चयन हुनुभएको छ । त्यसैगरी कार्यकारी उपाध्यक्षमा जु. जेसी कृष्ण मोहन सिंह र जु.जेसी शिवम साह चयन भएका छन् ।उपाध्यक्ष पदमा जु.जेसी आदर्श यादव, जु.जेसी अपूर्व रंजितकार, जु. जेसी खुशी झा तथा जु.जेसी जुली कर्ण चयन भएका छन् ।

करिब १८ वर्षपछि मलंगवा जुनियर जेसीजले महिला नेतृत्व पाउनु संगठनका लागि ऐतिहासिक तथा महत्वपूर्ण उपलब्धि मानिएको छ । यसले युवा नेतृत्वमा समावेशिता, लैंगिक समानता तथा सशक्तिकरणलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जलेश्वर कारागारमा एक कैदीको मृत्यु
यस्तो छ तपाइको आजको राशिफल
नेप्से परिसूचक सात अङ्कले बढ्यो
भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न सरकार पछि हट्दैन : प्रधानमन्त्री
सुन तस्कर र सहकारी ठगलाई मन्त्री बनाएको भन्दै नेविसंघको प्रदर्शन
युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
महेश बर्तौलाद्वारा प्रशान्त तामाङप्रति श्रद्धाञ्जली
नेपाल–चीन सांस्कृतिक आदानप्रदान तथा पर्यटन प्रवर्द्धन कार्यक्रम आगामी वैशाखमा
सुनको मूल्य तोलाको २ लाख नजिक, आज एकैदिन ६ हजार ९ सयले बढ्यो
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलको शपथ आज