मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलको शपथ आज

nepaltathya_news nepaltathya_news
|
बिहिबार, आश्विन ३०, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •  ३० असोज, जनकपुरमा ।
  •   मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन्।
  •   बिहीबार बिहान साढे ११ बजे प्रदेश प्रमुखकको कार्यालयमा सोनलको शपथ ग्रहण समारोह तय भएकाे छ।

 ३० असोज, जनकपुरमा । 

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन्।  बिहीबार बिहान साढे ११ बजे प्रदेश प्रमुखकको कार्यालयमा सोनलको शपथ ग्रहण समारोह तय भएकाे छ। लोसपाका नेता सोनल बुधबार जसपा नेपाल, जनमत, माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्।  जनमत विभाजन भएको अवस्थामा जनमतका सबै सांसदको हस्ताक्षर बुझाएर उनलाई मुख्यमन्त्री नियुक्त गरिएको भन्दै कांग्रेस र एमालेले भने विरोध गरेका छन्।

हिजो मुख्यमन्त्री नियुक्ति हुँदै गर्दा उनीहरूले नाराबाजी गरेपछि सुरक्षाकर्मी तैनाथ गरेर सोनललाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले साेनललाई मुख्यमन्त्री नियुक्त भएको पत्र दिएकी थिइन्।  जनमतबाट मुख्यमन्त्री बनेका सतीशकुमार सिंहले राजीनामा दिएपछि सोनल मुख्यमन्त्री बनेका हुन्।  एमाले-कांग्रेसले भने कांग्रेस संसदीय दल नेता कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री प्रस्ताव गरेका थिए। तर, उनीहरूले बहुमत जुटाउन नसकेपछि इतर गठबन्धनले सरकार गठन गरेको हो।  कांग्रेस-एमालेले प्रदेश प्रमुखसमक्ष जनमत पार्टी विभाजन भइसकेकाले सोनलको नियुक्तिको लागि बुझाइएको जनमतकाे हस्ताक्षर बैध नहुने दाबी गरेका छन्।

जनमतका दुई प्रदेशसभा सदस्यले बुधबार नै जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालयमा गएर जनस्वराज पार्टी रोजेका थिए। निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र पूर्वमन्त्रीसमेत रहेका जनमतका सांसद त्रिभुवन साहले नयाँ दल रोजेका हुन्।  जनमतका दुई सांसदले नयाँ दल रोजेपछि सोनलका पक्षमा गरिएको बहुमतको दाबीलाई मान्यता दिन नहुने कांग्रेस र एमालेको तर्क छ। तर, जनमत पार्टीबाट विभाजित भएर बनेको जनस्वराज पार्टी रोजेकाका निवर्तमान मुख्यमन्त्री सिंहले आफूहरूको समर्थन पनि जितेन्द्र सोनललाई नै रहने बताएका छन्।  ‘हिजो म र त्रिभुवन साहजीले जनस्वराज पार्टी रोजेका छौँ,’ सिंहले नेपालखबरसँग भने, ‘तर, नयाँ दल रोजेका भए पनि हाम्रो समर्थन जितेन्द्र सोनललाई नै हरनेछ। यस विषयमा हामी आज बिहान पत्रकार सम्मेलन गरेर प्रष्ट पार्ने छौँ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आसिफको अर्धशतकमा नेपालले यूएईलाई दियो १४१ रनको लक्ष्य
कम्युनिष्ट किताब पढेर मात्रै जनयुद्ध सुरु भएको होइन : प्रचण्ड
सिरहाको गोलबजारमा रास्वपा सभापति रवि लामिछानेलाई भव्य स्वागत
डोटीमा जिप दुर्घटना हुँदा १ जनाको मृ*त्यु, ८ घाइते
कोसी सरकारका सबै मन्त्री फेर्ने तयारी, बागमतीको निर्णय कुर्दै कांग्रेस
जनकपुरधामका संस्थागत शैक्षिक संस्था आजदेखि अनिश्चितकालीन बन्द
नक्कली नागरिकता प्रकरणमा सर्लाहीका वडा अध्यक्ष सुवोध राय पक्राउ
१३ वर्षपछि हुन लागेको कबड्डी विश्वकप खेल्न भारत जाँदै नेपाली टिम
विश्वकपअघि नेपालको दमदार सुरुवात, यूएई ७ विकेटले पराजित
लमही–कोहलपुर खण्डमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु