सर्पको टोकाईबाट एक महिलाको मृ*त्यु

nepaltathya_news nepaltathya_news
|
बुधबार, आश्विन १५, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • १५ असोज, काठमाडौं।
  • सर्पको टोकाइपछि उपचारको क्रममा जिल्ला अस्पतालमा एक महिलाको मृत्यु भएको छ ।
  • कमलबजार नगरपालिका –३ वयाला निवासी ४२ वर्षीया निर्मला विष्टको घरनजिक सर्पले डस्दा उपचारको क्रममा मृत्यु भएको वडा अध्यक्ष नन्दसिंह कुँवरले जानकारी दिनुभयो ।

१५ असोज, काठमाडौं।

सर्पको टोकाइपछि उपचारको क्रममा जिल्ला अस्पतालमा एक महिलाको मृत्यु भएको छ । कमलबजार नगरपालिका –३ वयाला निवासी ४२ वर्षीया निर्मला विष्टको घरनजिक सर्पले डस्दा उपचारको क्रममा मृत्यु भएको वडा अध्यक्ष नन्दसिंह कुँवरले जानकारी दिनुभयो ।  अध्यक्ष कुँवरका अनुसार खेतबाट फर्कनेक्रममा मंगलबार बेलुकी करिब ६ बजेतिर घर पछाडितिर सर्पले टोकेको थियो ।

सर्पले टोकेलगत्तै छिमेकी पञ्चदेवल नगरपालिका –४ कालिकास्थानमा रहेको कुच्ची स्वाथ्य चौकीमा उपचारपछि थप उपचारका लागि राति नै जिल्ला अस्पताल मंगलसेन ल्याइएको थियो ।  जिल्ला अस्पतालमा लगेलगत्तै चिकित्सकले मृत घोषणा गरेको वडा अध्यक्ष कुँवरले जानकारी दिनुभयो । मृतकका पति दिपेन्द्र विष्ट रोजगारीको सिलसिलामा विदेश रहनुभएको छ । मृतकको दुई छोरा रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?