ढुक्क भए हुन्छ, पार्टी फुट्दैन : विश्वप्रकाश शर्मा

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, पौष १८, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • १८ पुष, काठमाडौँ ।
  • नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी नफुट्ने बताएका छन् ।
  • पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समिति बैठकमा भाग लिन पुगेको बेलामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री शर्माले भने, ‘ढुक्क भए हुन्छ ।

१८ पुष, काठमाडौँ ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी नफुट्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समिति बैठकमा भाग लिन पुगेको बेलामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री शर्माले भने, ‘ढुक्क भए हुन्छ । पार्टी एकढिक्का रहन्छ । सद्‌भाव, सुशासन र समुन्नतिको दायित्व बोकेको पार्टी नेपाली कांग्रेस सिङ्गो समाजलाई गाँसेर जान्छ । विभाजन हुँदैन ।’

उनले कांग्रेस विभाजन हुन्छ भन्ने सोच्दै नसोच्न पनि सञ्चारकर्मीहरूलाई आग्रह गरे । कांग्रेसमा अहिले देखिएको विवाद समाधान गर्न गाह्रो नभएको शर्माको भनाइ थियो । ‘सबै कुरा मिलाउन सक्ने ताकत राख्ने कांग्रेस, पार्टीभित्रको विवाद सहजै मिलाउन सक्छ । मिलाउँछ,’ शर्माले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?