सोलुखुम्बुको थामेमा पोखरी फुटेर बाढी आएको पुष्टि

nepaltathya_news nepaltathya_news
|
शनिबार, भाद्र १, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • १ भदौ , काठमाडौं ।
  •   सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका–५ थामेमा आएको बाढी पोखरी फुटेर आएको पुष्टि भएको छ ।
  • बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न र प्रभावित व्यक्तिलाई उद्धार तथा राहत प्रदान गर्न रक्षामन्त्री मानवीर राईको नेतृत्वमा संघीय र प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीसहितको टोलीले हेलिकप्टरमा गरेको अनुगमनका क्रममा पोखरी फुटेर बाढी आएको पुष्टि भएको हो ।

१ भदौ , काठमाडौं  सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका–५ थामेमा आएको बाढी पोखरी फुटेर आएको पुष्टि भएको छ । बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न र प्रभावित व्यक्तिलाई उद्धार तथा राहत प्रदान गर्न रक्षामन्त्री मानवीर राईको नेतृत्वमा संघीय र प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीसहितको टोलीले हेलिकप्टरमा गरेको अनुगमनका क्रममा पोखरी फुटेर बाढी आएको पुष्टि भएको हो । अनुगमनपछि अब थप बाढीको कुनै खतरा नभएको समेत देखिएको छ । सोलुखुम्बुको थामे खोलामा शुक्रबार लेदोसहितको बाढी आउँदा एक विद्यालयसहित १४ घर बगाएको थियो । बाढीबाट प्रभावित ९३ जनालाई नजिकको सामुदायिक भवनमा तत्कालका लागि स्थानान्तरण गरिएको र  नेपाली सेनासहितको सुरक्षा फौज र स्थानीय जनप्रतिनिधिको सहयोगमा त्यस क्षेत्रमा उद्धार र राहतको काम भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?