एक घण्टामै साढे ८ अर्बको सेयर कारोबार, नेप्सेले नाघ्यो २९००

nepaltathya_news nepaltathya_news
|
सोमबार, श्रावण २८, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • २८ साउन, काठमाडौं ।
  • सेयर बजारमा एक घण्टामै साढे ८ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ ।
  • दिउँसो १२ बजेसम्म ८ अर्ब ५० करोडको कारोबार भएको छ ।

२८ साउन, काठमाडौं । सेयर बजारमा एक घण्टामै साढे ८ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । दिउँसो १२ बजेसम्म ८ अर्ब ५० करोडको कारोबार भएको छ । यो समयसम्म नेप्से परिसूचक ६७ अंक बढेर २९२७ मा कायम भएको छ । एक घण्टासम्मको अवधिमा बैंकिङ ३.४५, विकास बैंक १.७८, फाइनान्स २.२६, होटल तथा पर्यटन ५.२०, हाइड्रोपावर २.२५, जीवन बीमा ३.२०, माइक्रोफाइनान्स २.०५, निर्जीवन बीमा १.७३, अन्य १.७२ तथा ब्यापार समूह ३.८६ प्रतिशत बढेको छ । १९७ कम्पनीको मूल्य बढ्दा ३८ को घटेको छ भने ६ को स्थिर रहेको छ। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, नेपाल फाइनान्स, निफ्रा, शिवम् सिमेन्ट र माथिल्लो तामाकोशी क्रमशः अगाडि देखिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?