कर्णाली याक्सले टस जितेर विराटनगरविरुद्ध ब्याटिङ गर्दै

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, मंसिर १२, २०८२
|
|
९ पटक हेरिएको
Shares

सारांश

  • १२ मंसिर, काठमाडौं ।
  •   नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा कर्णाली याक्सले पहिले ब्याटिङ गर्दैछ ।
  • कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै विराटनगर किंग्सलाई बलिङको निम्तो दिएका हुन् ।

१२ मंसिर, काठमाडौं । 

नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा कर्णाली याक्सले पहिले ब्याटिङ गर्दैछ । कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै विराटनगर किंग्सलाई बलिङको निम्तो दिएका हुन् । कर्णालीले यसअघिको खेलबाट एक परिवर्तन गरेको छ । विकेटकिपर ब्याटर अर्जुन घर्तीको ठाउँमा ब्याटर दीपक डुम्रेलाई पहिलो रोजाइमा खेलाएको छ ।

विराटनगरले भने ३ परिवर्तन गरेको छ । सूर्य तामाङ, नरेन भट्ट र सुशभ रन्जानेको ठाउँमा साहिल पटेल, सुवाश भण्डारी र शेहान जयासूर्यलाई राखिएको छ । विराटनगर किंग्स ४ खेलमा ३ मा जित र एकमा हार व्यहोर्दै ६ अंकका साथ दोस्रो स्थानमा छ । कर्णाली ३ खेलमा २ मा हार र एकमा जित निकाल्दै २ अंकका साथ पाँचौ स्थानमा रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दार्चुलाको जिप दुर्घटना : घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत धनगढी लगियाे
एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, कसरी हेर्ने?
एमालेको केन्द्रीय समितिको बैठक बस्दै
मन्त्री सुधा गौतमले रुँदै भनिन् : जेनजी आन्दोलन व्यर्थ नजाओस्
व्यक्तिको खातामा सरकारले खर्च गर् भनेर पैसा पठाएमात्रै अर्थतन्त्र चलायमान हुन्छः पूर्वगभर्नर नेपाल
बालबालिकालाई विद्यालय पाठ्यक्रममै विपद् उद्धारसम्बन्धी कार्यक्रम समावेश गरिने
दोस्रो एकदिवसीयमा आयरल्यान्डले नेपाललाई दियो १७५ रनको लक्ष्य
प्रभु बैंक सीईओ अशोक शेरचन पक्राउ
घर फर्किन पाउँदा खुसी लागेको छ : थापा
दक्षिणपश्चिम चीनको पहिरोमा मृत्यु हुनेको संख्या ४ पुग्यो