कांग्रेसको मधेश प्रदेश सम्मेलन आज

nepaltathya_news nepaltathya_news
|
बिहिबार, पौष ५, २०८०
|
|
९ पटक हेरिएको
Shares

सारांश

  • ५ पुस, जनकपुरधाम ।
  • नेपाली कांग्रेसको प्रथम मधेश प्रदेश सम्मेलन आज बिहीबारदेखि जनकपुरधाममा सुरु हुँदै छ ।
  • जनकपुरको तरहुतिया गाछीमा हुने प्रथम सम्मेलनको उदघाटन गर्न केन्द्रीय सभापति शेरबहादुर देउवासहितका शीर्षनेताहरु जनकपुर आउन लागेका छन् ।

५ पुस, जनकपुरधाम । नेपाली कांग्रेसको प्रथम मधेश प्रदेश सम्मेलन आज बिहीबारदेखि जनकपुरधाममा सुरु हुँदै छ ।

जनकपुरको तरहुतिया गाछीमा हुने प्रथम सम्मेलनको उदघाटन गर्न केन्द्रीय सभापति शेरबहादुर देउवासहितका शीर्षनेताहरु जनकपुर आउन लागेका छन् । बिहीबार उद्घाटन र भोलि शुक्रबार बिहानदेखि बन्द सत्र हुने प्रदेशसभापति कृष्णप्रसाद यादवले जानकारी दिए । उदघाटन समारोहमा आठवटै जिल्लाबाट नेता कार्यकर्ता सहभागी हुँदै छन् । बन्द सत्रमा मधेश प्रदेशको आठवटै जिल्लाबाट ८२५ जना प्रदेश प्रतिनिधिले भाग लिने महामन्त्री वृहस्पती कृष्ण श्रेष्ठले जानकारी दिए । सम्मेलनमा राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत हुने छ ।

सम्मेलनमा वरिष्ठ नेता शेखर कोइरालालाई विशिष्ट अतिथिको रुपमा सहभागी नगराउने भएपछि शेखरपक्ष असन्तुष्ट बनेको छ । पूर्वसन्ध्यामा बुधबार भएको कांग्रेसको प्रदेश समितिको पूर्ण बैठकले प्रमुख अतिथिमा देउवा र विशिष्ट अतिथिमा केन्द्रीय उपसभापति, महामन्त्री लगायत केन्द्रीय सदस्यहरुलाई आसन ग्रहण गराउने निर्णय गरेको थियो । यसको बैठकमै शेखर पक्ष नेता कार्यकर्ताले असन्तुष्टि पोखेका थिए । शेखर पक्षका नेता कार्यकर्ताले महाधिवेशनमा निकटतमप्रतिद्वन्द्वी हुने नेतालाई वरिष्ठ नेता मानिने परम्पराको अवमूल्यन प्रदेशसमितले गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूमि विधेयकमा गिरिबन्धु जग्गा प्रकरण जोडिएको छैनः मन्त्री अधिकारी
बुढानीलकण्ठमा सुरु भयो कांग्रेस पदाधिकारी बैठक
जर्मन विकास बैंकद्वारा थानकोटमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बनाउन प्रारम्भिक खाका स्वीकृत
अमलेखगञ्जबाट काठमाडौं जाँदै गरेको पेट्रोलियम ट्यांकरमा खानीखोलामा आगलागी
एमाले सचिवालय बैठक आज, समानुपातिक बन्द सूची र केन्द्रीय नेताहरूको कार्य विभाजन टुंग्याइने
कुवेतविरुद्ध नेपालको सानदार जित, कप्तान पूजाको अलराउण्ड प्रदर्शन
पहिरो खसेपछि बुटवल-तानसेन सडक अवरुद्ध
आइजिपी कार्कीले गरे इप्रका बरहथवाको नवनिर्मित भवन उद्घाटन
मुक्तिनाथ विकास बैंकद्वारा प्रहरी वृत्त महाराजगञ्जलाई मोटरसाइकल हस्तान्तरण
नक्कली लाइसेन्स प्रकरणमा यातायात विभागका इञ्जिनियर पक्राउ