व्यक्तिको खातामा सरकारले खर्च गर् भनेर पैसा पठाएमात्रै अर्थतन्त्र चलायमान हुन्छः पूर्वगभर्नर नेपाल

nepaltathya_news nepaltathya_news
|
बुधबार, श्रावण १४, २०८२
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • १४ साउन, काठमाडौं ।
  •   पूर्वगभर्नर चिरञ्जीवि नेपालले विकासित देशहरुमा सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन व्यक्तिको खातामा पैसा पठाइदिने गरेपनि नेपाला कहिल्यै त्यस्तो नभएको बताउनुभएको छ ।
  • नेपाली काँग्रेस वित्तीय संस्था समन्वय विभागले आयोजना गरेको वर्तमान अवस्थामा देशको वित्तीय तथा मौद्रिक स्थीति विषय अन्तरक्रियामा बोल्दै उहाँले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले खर्च गर्न व्यक्तिको खातासम्मै पैसा हाल्न सक्नुपर्ने बताउनुभएको हो ।

१४ साउन, काठमाडौं । 

पूर्वगभर्नर चिरञ्जीवि नेपालले विकासित देशहरुमा सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन व्यक्तिको खातामा पैसा पठाइदिने गरेपनि नेपाला कहिल्यै त्यस्तो नभएको बताउनुभएको छ । नेपाली काँग्रेस वित्तीय संस्था समन्वय विभागले आयोजना गरेको वर्तमान अवस्थामा देशको वित्तीय तथा मौद्रिक स्थीति विषय अन्तरक्रियामा बोल्दै उहाँले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले खर्च गर्न व्यक्तिको खातासम्मै पैसा हाल्न सक्नुपर्ने बताउनुभएको हो ।

उहाँकाअनुसार विस्तारकारी वित्तीय र मौद्रिक नीतिले मात्रै अर्थतन्त्रलाई गति दिनसक्छ । अहिले सरकारले लिएको वित्तीय नीति र मौद्रिक नीति लचक रहेको पूर्वगभर्नर नेपालले बताउनु भयो । पूर्वगभर्नर नेपालकाअनुसार मौद्रिक नीतिले धेरै लचकता लिएको छ । यसले मुलुकको अर्थतन्त्रलाई चलाउने छ । यद्यपि लचिलो मौद्रिक नीतिकाका कारण जोखिमहरु पनि धेरै रहेको उहाँले बताउनु भयो । पूर्वगभर्नर नेपालकाअनुसार ब्याजदर घट्दा पनि ऋण प्रवाह बढ्न नसक्नु, धेरै पैसा बजारमा थ्रुपिनु सकारात्मक नरहेको बताउनु भयो ।  पूर्वगभर्नर नेपालले भन्नुभयो–‘भोलिका दिनमा पैसा उपभोगमा मात्रै गयो भने आयात बढेर फेरि विदेशी सञ्चितिमा बढी दबाब पर्ने त होइन । हामीलाई हिजोका दिनमा विदेशी सञ्चितिमा असर पर्दा के भएको थियो, त्यसको हेक्का समेत राख्नुपर्छ ।

भोलिका दिनमा उपभोक्ताहरुले थेरै ब्याजदर भयो भन्दै बैंकबाट निक्षेप निकालेर  अब हामी यसलाई उपभोग गर्छौं भन्न थाले भने ब्याजदर बढ्नसक्छ । लामोसमयसम्म लगानी गर्नका लागि न्युन ब्याजदर कहिलेसम्म रहन्छ भन्ने हामीले हेर्नुपर्ने स्थीति छ । भोलीका दिनमा साउथ कोरीया, जापनमा लामोसमयका लागि श्रमिकहरुलाई दिइने स्कील दिने र श्रमिकहरुलाई त्यही राख्ने र उनीहरुको परिवारलाई पनि लैजान दिने नीति लिइरहेको छ । खाडी मुलुकहरुमा भिल्ला अर्थात ग्रामिण एरियामा फर्म किनेर श्रमिकहरुलाई किनेर त्यही राख्ने नीति लिइरहेको छ । त्यही हाम्रा नेपाली श्रमिकहरु बस्न थालेभने रेमिट्यान्स नआउने हो की भन्ने चिन्ता छ । रेमिट्यान्समा धेरै ब्याजदर सम्बन्धित देशले दिन थाले पुँजी नआउने हो की । बोर्डर खुल्ला छ, हाम्रोमा चलन नै छ, यता ब्याजदर कम भयो भनेर पारी लगेर पैसा राख्ने हो की । अहिले पनि बोर्डरका मान्छे धेरैले इन्डिका बैंकहरुमा पैसा राख्ने गरेका छन् ।

यसरी फेरि उता पुँजी पलायन भएर हामीकहाँ तरलता अभाव हुने हो की । अर्थतन्त्र चलायमान नभएका बेला विस्तारकारी ठूलो बजेट चाहिन्छ । ठूला आयोजनामा लगानी गर्ने बजेट, करका दर घटाउने बजेट चाहिन्छ । त्यतिमात्रै नभई विकसित देशमा कतिको खातामै सरकारले खर्च गर भनेर पैसा नै पठाइदिन्छ । त्यस्तै नेपालमा पनि सरकारको बजेटबाट त्यसो गर्न सक्नुपर्छ ।’ उहाँले विगतमा स्टीमुलस प्याकेज ल्याएर अर्थतन्त्र सुधार्नुपर्नेमा सरकारहरु चुकेको बताउनु भयो । अर्थतन्त्र सुधार्न सरकारले कर छुटदेखि लगानी प्रवद्र्धनका निम्ति विभिन्न कार्यक्रमहरु ल्याउनुपर्छ । विस्तारकारी बजेटसँगै मौद्रिक नीति दुवै आउनुपर्छ । अहिले आएको विस्तारकारी मौद्रिक नीतिले पार्ने प्रभावका बारे केही दिनमै थाहा हुने उहाँले बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युवा संघको साहित्य सम्मेलन ; वक्तित्वकलामा विनिताले जितिन एक लाख नगद्
कोटेश्वरमा बसको ठक्करबाट घाइते ट्राफिक प्रहरीको मृत्यु
मन्त्री चौधरीद्वारा कीर्तिपुर क्रिकेट रंगशालाको निरीक्षण, तोकिएको समयमै रंगशाला सम्पन्न हुने
वीरगञ्ज हुँदै ६ महिनामा १२ अर्बको खाद्यान्न आयात
चितवन कारागारबाट फरार तीन जना कैदी बेलहियाबाट पक्राउ
राप्रपा नेपालका अध्यक्ष कमल थापाले बोलाए पदाधिकारी बैठक
६ वटा संसदीय समितिको बैठक बस्दै, के–के छन् कार्यसूची ?
कर्णाली नदीमा हाम फालेर दुई युवायुवती बेपत्ता, खोजी जारी
बालेनले लिए प्रधानमन्त्री पदको शपथ
भुटानका राजा काठमाडौंमा, स्वयम्भुमा पूजापाठ