कैलाली र कञ्चनपुरबाट खैरो हेरोइनसहित ९ जना पक्राउ

nepaltathya_news nepaltathya_news
|
बुधबार, मंसिर ३, २०८२
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • ३ मंसिर, धनगढी ।
  • कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले एकैदिन ९ जनालाई खैरो हेरोइनसहित पक्राउ गरेको छ ।
  • बरामद लागूऔषधको मात्रा उल्लेख्य रहेको र पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको सम्बन्धित इकाइका प्रहरी अधिकृतहरुले जनाएका छन् ।

३ मंसिर, धनगढी ।

कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले एकैदिन ९ जनालाई खैरो हेरोइनसहित पक्राउ गरेको छ । बरामद लागूऔषधको मात्रा उल्लेख्य रहेको र पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको सम्बन्धित इकाइका प्रहरी अधिकृतहरुले जनाएका छन् । कैलालीमा मात्रै ३ जनालाई पक्राउ परेका छन् । गोदावरी नगरपालिका–५ गेटास्थित बिस्कुट फ्याक्ट्री अगाडि शंकास्पद रूपमा देखिएका २७ वर्षीय अनिल चौधरीलाई एक ग्राम १२० मिलिग्राम खैरो हेरोइन पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस्तै, घोडाघोडी नगरपालिका–६ को झलझलिया जंगलबाट २ जना पक्राउ परेका छन् । लागूऔषध कारोबार तथा सेवन भइरहेको भन्ने सूचनाका आधारमा ३० वर्षीय भिमबहादुर दमाई र २६ वर्षीय तपेन्द्र बहादुर थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट तीन ग्राम १३० मिलीग्राम र घरमा लुकाएको अवस्थामा थप पाँच ग्राम २५० मिलिग्राम गरेर ८.३९० ग्राम खैरे हेराइन बरामद गरिएको प्रहरीको भनाइ छ । यस्तै, कञ्चनपुरमा चार छुट्टाछुट्टै स्थानबाट ६ जना पक्राउ परेका छन् । बेलौरी नगरपालिका–१० को सडकघाटबाट ४.५४० ग्राम खैरो हेरोइनसहित दुई युवक पक्राउ परेका छन् ।

सडकघाट क्षेत्रमा भारततर्फबाट नेपाल प्रवेश गर्दै गरेको सुदूरपश्चिम प्रदेश ०१२ प ३६०० नम्बरको मोटरसाइकलमा सवार व्यक्तिहरुलाई प्रहरी टोलीले चेकजाँच गर्दा २६ वर्षीय रामजनम चौधरी र कैलालीको गोदावरी नगरपालिका–८ का २८ वर्षीय उमेश चौधरीलाई पक्राउ गरिएको हो । बेलौरी नगरपालिका–६ को खैराना क्षेत्रबाट एक महिला पनि पक्राउ परेकी छन् । भारतबाट नेपालतर्फ आउँदै गरेकी ३१ वर्षीया सावित्री चौधरीलाई ४ ग्राम ५२० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय बेलौरीले पक्राउ गरेको हो । भिमदत्त नगरपालिका–११ गड्डाचौकी चेकपोस्टबाट नेपाल प्रवेश गर्दै गरेका बेदकोट–९ का २१ वर्षीय अरबिन्द रोकाया, भिमदत्त–३ का २० वर्षीय सुमित साउँद र भिमदत्त–१० का २१ वर्षीय साजन कठायतलाई पनि प्रहरीले खैरो हेरोइनसहित पक्राउ गरेको छ । तीनै जनाको साथबाट २०० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेको नयाँ पार्टी कार्यालय कलंकीमा बन्‍ने, भोलि ओलीले शिलान्याश गर्ने
सगरमाथा आरोहण गर्दै कांग्रेस महामन्त्री शर्मा
स्थानीय तह बजेट : ग्रामथानमा एमाले– माओवादीबीच झगडा
सात महिनामै वैदेशिक अध्ययनमा बाहिरियो ६४ अर्ब १५ करोड
३० जेठदेखि मलेखु-मुग्लिन सडक राति बन्द हुने
तनावग्रस्त बनेपछि नेपालगञ्जमा सेना परिचालन, स्थिति नियन्त्रणमा
एमडिएमएस पुनकार्यान्वयन हुने, अब नयाँ मोबाईल दर्ता अनिवार्य
आन्तरिक बैठकबाटै निस्किए मन्त्री, भूमि विधेयकको छलफल दुई मिनेटमै स्थगित
प्रधानमन्त्रीसँग न्युजिल्यान्डका उपप्रधानमन्त्रीको शिष्टाचार भेट
गाउँ कार्यपालिकाको कार्यालय पर्सा सर्लाहीको सार्वजनिक अनुरोध