प्रधानमन्त्रीसँग न्युजिल्यान्डका उपप्रधानमन्त्रीको शिष्टाचार भेट

nepaltathya_news nepaltathya_news
|
बुधबार, जेठ १४, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • १४ जेठ, काठमाडौं ।
  •  प्रधानमन्त्री केपी शर्मा ओलीसँग न्युजिल्याण्डका उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री विन्स्टोन पिटर्सले बुधबार शिष्टाचार भेट गर्नुभएको छ ।
  • प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटका अवसरमा दुुई पक्षीय हित, आपसी सम्बन्ध र सहकार्यलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो ।

१४ जेठ, काठमाडौं ।

 प्रधानमन्त्री केपी शर्मा ओलीसँग न्युजिल्याण्डका उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री विन्स्टोन पिटर्सले बुधबार शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटका अवसरमा दुुई पक्षीय हित, आपसी सम्बन्ध र सहकार्यलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो । उहाँहरुबिच कृषि, पर्यटन, शिक्षा, व्यापार र लगानीका क्षेत्रमा सहकार्यमा प्रशस्त सम्भावना रहेकामा समान मत रहेको थियो ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकारले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाका साथ स्थिरता, विकास, सुशासन, सामाजिक न्याय र सामाजिक रुपान्तरणलाई प्राथमिकता दिएको अवगत गराउनुुभयो । उपप्रधानमन्त्री पिटर्सले नेपालको विकास र समृद्धिका लागि भएका प्रयासको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय मञ्चमा साना मुलुकहरुको साझा हितका विषयमा सहकार्य गर्न जोड दिनुुभयो । भेटका अवसरमा परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी हुनुुहुुन्थ्यो । सन् १९५३ मे २९ मा विश्वको सर्वाेच्च शिखर सगरमाथामा सर्वप्रथम नेपालका तेन्जिङ नोर्गे र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले सफल आरोहण गरेकाले पनि दुुई देशबिचको सम्बन्ध नजिक भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बर्षाले कर्णालीका अधिकांश सडक अवरुद्ध
नेप्से ३.२७ अंकले बढ्यो, कारोबार रकम सामान्य घट्यो
एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप देशव्यापी विरोध कार्यक्रम गर्ने
गरिब जनतालाई विद्युत्‌को सेवा शुल्कमा ५० प्रतिशत छुट
वीरगञ्ज महानगरद्वारा रु ६१ करोड ४७ लाख राजस्व सङ्कलन
सरकार र शिक्षक मुठभेटमा : बोर्डले परीक्षा गर्ने, शिक्षक सहभागी नहुन महासंघको निर्देशन
लागुऔषध नियन्त्रणका लागि छुट्टै विभाग स्थापना हुन्छ : गृहमन्त्री
महाकाली, नारायणी र अरुण नदीमा पानीको बहाव बढ्यो, कोशी ब्यारेजका ४१ ढोका खोलिए
हजुरआमाको चप्पल खोज्न नदीमा पसेका दिदीभाइको शव गोताखोरले टोलीले निकाल्यो
साढे ८ अर्ब बढीको कारोबारसहित २३ अंकले बढ्यो नेप्से