तनावग्रस्त बनेपछि नेपालगञ्जमा सेना परिचालन, स्थिति नियन्त्रणमा

nepaltathya_news nepaltathya_news
|
मंगलबार, आश्विन १६, २०८०
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • नेपालगञ्ज ।
  • नेपालगञ्जमा सेना परिचालन गरिएको छ ।
  • दुई समूहबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन सेना परिचालन गरिएको हो ।

नेपालगञ्ज । नेपालगञ्जमा सेना परिचालन गरिएको छ । दुई समूहबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन सेना परिचालन गरिएको हो ।

नगरका विभिन्न ठाउँमा दुई समूहका बीच ढुंगा हानाहान भएपछि प्रहरीले दुई दर्जन अश्रुग्याँस प्रहार गरेको थियो । त्यसक्रममा झडप हुँदा ८ जना घाइते भएको बताइएको छ । प्रशासनले दिउँसो १ बजेदेखि कर्फ्यू लगाएको छ । अहिले झडप रोकिएको छ । ठूलो संख्यामा सेना ,प्रहरी र सशस्त्र प्रहरी नगरका गल्ली–गल्लीमा परिचालन भएका छन् ।

असोज १४ गते सामाजिक सञ्जालमा मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको स्टाटसको विषयलाई लिएर मुस्लिम समुदायले गरेको विरोध प्रदर्शनका कारण उत्पन्न परिस्थिति एवम् आज ओमकार परिवार हिन्दू समाजले निकालेको र्यालीका क्रममा मुस्लिम समुदाय द्वारा ढुंगामुढा प्रहार गरे पछि विवाद उत्पन्न भई नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा प्रहार, उच्छृंखल गतिविधि लगयातका विरोध प्रदर्शन कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भंग हुने स्थिति देखिएकाले कफ्र्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा एकजनाको मृत्यु
गर्मी बढेपछि गोरखा र तनहुँ‍मा पनि विद्यालय बन्द
कुलिङ अफ पिरियड संसदीय छानविन समितिको म्याद सात दिन थपियो
सर्लाहीमा विभिन्न दल परित्याग गरी हजारौं कार्यकर्ता नेसपा प्रवेश
नेप्से परिसूचक ३ हजार विन्दुमाथि, १८ अर्ब ५२ करोडको सेयर कारोबार
कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति मृत भेटिए
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
पहिचान पक्षधरलाई प्रधानमन्त्रीको आग्रह– राजनीतिक नेतृत्वमा गोलबन्द हुनुहोस्
मुनिभैरवमा बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृ*त्यु, ३ जना घाइते
दक्षिण कोरियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १२० पुग्यो