दुई महिनादेखि मेयरको घरमा थन्कियो कमला नगरपालिकाको एम्बुलेन्स

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, बैशाख २८, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   जनकपुरधाम ।
  • मौसम झा धनुषाको कमला नगरपालिकाको एम्बुलेन्स नगर प्रमुख विशेश्वर यादवले जनकपुरधामस्थित आफ्नो नीजि घरमा थन्काएर राखेको छ ।
  • बिरामीलाई सहज रुपमा अस्पताल पुर्याउन खरिद गरिएको एम्बुलेन्स दुई महिनादेखि जनकपुरधाम थन्काएर राखेको पाइएको हो ।

 

जनकपुरधाम । मौसम झा
धनुषाको कमला नगरपालिकाको एम्बुलेन्स नगर प्रमुख विशेश्वर यादवले जनकपुरधामस्थित आफ्नो नीजि घरमा थन्काएर राखेको छ । बिरामीलाई सहज रुपमा अस्पताल पुर्याउन खरिद गरिएको एम्बुलेन्स दुई महिनादेखि जनकपुरधाम थन्काएर राखेको पाइएको हो ।

मेयरले एम्बुलेन्स घरमा थन्काएर राख्दा सर्वसधारण सास्तीमा पर्ने गरेका छन् । नगरका नागरिकहरु बाध्य भएर चर्को शुल्क तिरेर अन्य पालिकाको एम्बुलेन्सले सेवा लिने गरेका छन् भने कोही मोटरसाइकलमा जान बाध्य भइरहेका छन् । एम्बुलेन्स जस्तो संवेदनशिल विषयमा नगर प्रमुख खेलाँची गरिरहेको नागरिकको गुनासो छ ।
नगरकी उपप्रमुख शिला देवी मण्डलले पनि दुई महिना पहिले एम्बुलेन्स खरिद गरिएपनि हाल सम्म पालिकामा नआएको स्वीकार गरिन् । उनी पनि एम्बुलेन्स कहाँ छन ? भनेर बारे अनविज्ञ छिन् । उनी पनि एम्बुलेन्स खोजिरहेको बताइन् । यद्यपी अहिले सम्म नभेटिएको गुनासो पोखिन् । नगर प्रमुख यादवले प्राविधक काम भइरहेको हुनाले घरमै राखिएको बताए । दुई दिनमा एम्बुलेन्स पालिकामा जाने उनले प्रतिबद्धता गरे । नम्बर प्लेट र मन्त्रालयको काम बाँकी रहेको हुनाले थन्काइएको उनले प्रष्ट गरे ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?