भारतको तेलंगनामा बस र ट्रक ठोक्किंदा २० जनाको मृ*त्यु

nepaltathya_news nepaltathya_news
|
सोमबार, कार्तिक १७, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • १७ कात्तिक, काठमाडौं ।
  • तेलंगनाको रंगा रेड्डी जिल्लामा बस र ट्रक ठोक्किँदा २० जनाको मृत्यु भएको छ ।
  • यो दुर्घटना सोमबार बिहान रंगा रेड्डीको चेवेला प्रहरी चौकीअन्तर्गत पर्ने खानापुर गेट नजिक भएको हो ।

१७ कात्तिक, काठमाडौं ।

तेलंगनाको रंगा रेड्डी जिल्लामा बस र ट्रक ठोक्किँदा २० जनाको मृत्यु भएको छ । यो दुर्घटना सोमबार बिहान रंगा रेड्डीको चेवेला प्रहरी चौकीअन्तर्गत पर्ने खानापुर गेट नजिक भएको हो । समाचार एजेन्सी एएनआईका अनुसार दुर्घटनामा बसमा सवार २० जनाको मृत्यु भएको छ भने २० जना घाइते छन् । घाइतेहरुमध्ये ३ जनाको अवस्था चिन्ताजनक छ ।

तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डीले दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै राहत र उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनाप्रति दु:ख व्यक्त गर्दै पीडित परिवारलाई राहत घोषणा गरेका छन् । प्रधानमन्त्री कार्यालयका अनुसार मृतकका परिवारलाई दुई लाख रुपैयाँ र घाइतेहरूलाई पचास हजार रुपैयाँ प्रदान गरिनेछ । यो रकम प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट दिइने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?