नगरपालिकाको बेवास्तापछि स्थानीय युवाद्वारा सडक मर्मत
सारांश
- १८ मंसिर, सर्लाही ।
- मलंगवा नगरपालिका वडा नं.
- ९ मा वर्षायामका कारण क्षतिग्रस्त भएको स्थानीय सडक समाजसेवी गौरव कुशवाहाको पहलमा मर्मत गरिएको छ।
१८ मंसिर, सर्लाही ।
मलंगवा नगरपालिका वडा नं. ९ मा वर्षायामका कारण क्षतिग्रस्त भएको स्थानीय सडक समाजसेवी गौरव कुशवाहाको पहलमा मर्मत गरिएको छ।
स्थानीयको गुनासो बढ्दै गएपछि कुशवाहा स्वयं सक्रिय भई माटो पुर्ने काम गरि सडक सम्याउने कार्य गरेका हुन्। वर्षाको पानीले हिलो भएर आवत–जावत कठिन भएपछि स्थानीयलाई राहत पुग्ने उद्देश्यले कुशवाहाले पहल गरेका हुन।

उनका अनुसार स्थानियको दैनिक जीवन सहज बनाउन र विद्यालय जाने विद्यार्थी, बिरामी बोक्ने सवारी तथा सर्वसाधारणको आवत–जावत सहज बनाउन तात्कालिक रूपमा सडक मर्मत आवश्यक थियो। स्थानियहरूले कुशवाहाको सक्रियता र पहलप्रति आभार व्यक्त गर्दै वर्षायाममा सडक मर्मत नगरपालिकाले बेवास्ता गरेको आरोपसमेत लगाएका छन्।

प्रतिक्रिया