जनकपुरधाममा मोर्चाले मनायो कालो दिवस

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, आश्विन ३, २०८२
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • ३ असोज, जनकपुर ।
  • संघीय लोकतान्त्रिक मोर्चाले जनकपुरधाममा कालो दिवस मनाएको छ ।
  • देशभर आज संविधान दिवस मनाइरहेको बेला मधेश केन्द्रित ६ दलको संघीय लोकतान्त्रिक मोर्चाले जनकपुरधामको जनक चोकमा कालो पट्टि बाँधेर कालो दिवस मनाएका छन् ।

३ असोज, जनकपुर ।

संघीय लोकतान्त्रिक मोर्चाले जनकपुरधाममा कालो दिवस मनाएको छ । देशभर आज संविधान दिवस मनाइरहेको बेला मधेश केन्द्रित ६ दलको संघीय लोकतान्त्रिक मोर्चाले जनकपुरधामको जनक चोकमा कालो पट्टि बाँधेर कालो दिवस मनाएका छन् । सो क्रममा उनीहरुले असोज ३ कालो दिन, जय मधेश, मधेशी एकता जिन्दावादलगायतका नारा लगाएका थिए ।

२०६२÷०६३को मधेश आन्दोलन पश्चात बनेको संविधानमा मधेशी लगायत उत्पीडनमा परेका थुप्रै जातजाती भाषाभाषीको हक अधिकार सुनिश्चित नभएको कारणले संविधान दिवसको दिन कालो दिवस मनाएको जनता समाजवादी पार्टी नेपालका जनकपुर नगर अध्यक्ष विष्णुदेव साहले बताए । उनले आंशिक रुपमा मधेशवादी दलले संविधानको समर्थन गरेपनि आदिवासी, थारु, जनजातीहरुको हक अधिकार पूर्ण रुपमा संविधानमा नसमेटिएसम्म आफूहरुले आजको दिनमा कालो दिवस मनाउने बताए । कांग्रेस, एमाले र माओवादीले मधेशी जनतालाई गोली हानेर जवरजस्ती संविधान जारी गरेको नगर अध्यक्ष साहको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?