सर्लाहीमा लागुऔषधसहित तीन जना पक्राउ

nepaltathya_news nepaltathya_news
|
बिहिबार, आश्विन २३, २०८२
|
|
६ पटक हेरिएको
Shares

सारांश

  • २३ असोज, सर्लाही ।
  • सर्लाहीमा लागु औषधसहित तीन जना पक्राउ परेका छन् ।
  • जिल्लाको लालबन्दी नगरपालिका– १ नवलपुर टोलस्थित भित्री सडक खण्डबाट प्रहरीले तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको हो ।

२३ असोज, सर्लाही ।

सर्लाहीमा लागु औषधसहित तीन जना पक्राउ परेका छन् । जिल्लाको लालबन्दी नगरपालिका– १ नवलपुर टोलस्थित भित्री सडक खण्डबाट प्रहरीले तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–४ त्रीभुवननगरका १८ वर्षीय प्रिन्स कुमार यादव, भारत बिहार राज्य सितामढी जिल्ला सोनबरसा बसन्तपुरका २० वर्षीय कृष्ण कुमार यादव र सोही स्थानका १७ वर्षीय किशन कुमार साह रहेका छन् ।

प्रहरी नायब निरीक्षक भरत साहको कमाण्डमा खटिएको टोलीले गत मंगलबार बिहान चेकिङ गर्ने क्रममा भारतीय नम्बर प्लेट बिआर ०६ सिभि ९९८५ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा ओनेरेक्श नामक १०० मिलिलिटरको ११७ बोतल फेला परेको प्रहरीले जनाएको छ । उनीहरूले प्रयोग गरेको मोटरसाइकल र फेला परेको लागूऔषधसहित उनीहरूलाई पक्राउ गरी अदालतबाट सात दिनको म्याद थप गरि इलाका प्रहरी कार्यालय लालबन्दीमा राखेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागलुङमा बाढीले बगाउँदा २ जनाको मृत्यु, एक जना बेपत्ता
कमिशनको कुरा मिलाउदै भुक्तानी गर्दै आदर्श कोतवाल गाउँपालिका
जानेर–बुझेर नियतबस खराब काम गर्दिन्, जस्तो आएको त्यस्तै फर्किन तयार छु: मन्त्री खरेल
चोरी भएका मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण
प्राधिकरण बोर्ड बैठक बस्दै, उद्योगको लाइन जोड्ने निर्णय हुने
बाढीमा फसेकी महिलाको सकुशल उद्धार
राजनीतिक अस्थिरताको दुश्चक्रमा फ्रान्स, एक वर्षमा ४ प्रधानमन्त्रीको राजीनामा
तीन प्रदेशमा अझै मनसुनी वायुको प्रभाव, कहाँ–कहाँ छ वर्षाको सम्भावना ?
बाढीपहिरो: ८ सडकमा गाडी चल्न थाले, पूर्वपश्चिम राजमार्ग भने अझै अवरुद्ध
सुरु भयो लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन