जानेर–बुझेर नियतबस खराब काम गर्दिन्, जस्तो आएको त्यस्तै फर्किन तयार छु: मन्त्री खरेल

nepaltathya_news nepaltathya_news
|
बिहिबार, आश्विन ३०, २०८२
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • ३० असोज, काठमाडौं ।
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आफू सरकारमा रहेको अवधिभर जानेर बुझेर नियतबस कुनै खराब काम नगर्ने बताएका छन् ।
  • बिहीबार श्रष्टा सम्मान एवं पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले मन्त्री पदमा बसेको समयमा जानेर–बुझेर नियतबस कुनै खराब काम नगर्ने भन्दै जस्तो आएको त्यस्तै जान पनि तयार भएको बताए ।

३० असोज, काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आफू सरकारमा रहेको अवधिभर जानेर बुझेर नियतबस कुनै खराब काम नगर्ने बताएका छन् । बिहीबार श्रष्टा सम्मान एवं पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले मन्त्री पदमा बसेको समयमा जानेर–बुझेर नियतबस कुनै खराब काम नगर्ने भन्दै जस्तो आएको त्यस्तै जान पनि तयार भएको बताए । काम नै नगरेपनि कुनै काम बिगारेको दाग लिएर नजाने पनि उनको भनाई छ । उनले भने, ‘जिन्दगीको नयाँ मोडमा आएको छु । विशेष परिस्थितीमा विशेष भूमिकामा आउनुपरेको छ ।  यति चाहीं भन्न चाहन्छु–कति गर्न सकिएला पाँच महिना माथिको अवधिमा त्यो त थाहा छैन् ।

तर तपाईहरुलाई साक्षी राखेर भन्छु जानेर–बुझेर नियतबस खराब केही गर्ने छैन् । बरु जस्तो गएको त्यस्तै फर्किने छु । कति गरिस्, कति गरिनस् हिसावकिताव समय गर्ला । तर यति बिगारेर आएर निधारमा लगाएको दागको छिट्टा पर्यो भन्ने अवस्था आउन दिन्न । यो सम्मान ग्रहण गरि राख्दा त्यसको गरिमा राख्ने म प्रयास गर्नेछु ।’ यस्तै, उनले कार्यक्रममा उपस्थित श्रष्टाहरुको अगाडि आफू उमेर, अनुभव, विवेक र विचार सबै हिसाबले नयाँ भएको भन्दै श्रष्टाहरुले देखाएको बाटोमा सँधै हिड्न तयार रहेको बताए । उनले भने, ‘श्रष्टाहरुको सक्रियताले सधैँ उर्जा दिन्छ । हामीले उमेर, अनुभव, विवेक र विचार सबै हिसाबले तपाईहरुभन्दा नयाँ छौ सिक्दै छौ । त्यसैले यो देशको समृद्धिको लागि साहित्य, कला, संस्कृतिको जर्गेनाको लागि मौलिकतालाई जोगाउने अभियानको लागि जे जसरी यहाँहरु अहोरात्र खटेर लागिराख्नु भएको छ यसले नतमस्तक बनाएको छ । त्यसैले तपाईहरुले डोहोर्याएको बाटोमा सँधै हिड्न सकौं ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अख्तियारबाटै प्रश्न उठेपछि गृहमन्त्रीले सच्याए डीआईजी सरुवाको निर्णय
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
उद्योगहरुको काटिएको लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय
एमाले महाधिवेशनमा आज उम्मेदवारी दर्ता, सहमति प्रयास पनि जारी
अहिलेसम्म एकजनालाई पिटेको पनि छैन, हत्याको त कुरै छोडिदिनुहोस् : अध्यक्ष प्रचण्ड
०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रुपमा लिएका छौँः अध्यक्ष दाहाल
दाङमा करेन्ट लागेर एक जनाको मृत्यु
म्यान्मारमा भूकम्प : मृत्यु हुनेको सङ्ख्या २० पुग्यो
आज पनि माओवादी केन्द्रको स्थायी कमिटी बैठक
४७ ग्राम ब्राउन सुगरसहित तिलगंगाबाट दुईजना पक्राउ