कोरोना सङ्क्रमणबाट पोखरामा एक जनाको मृ*त्यु

nepaltathya_news nepaltathya_news
|
सोमबार, श्रावण ५, २०८२
|
|
१ पटक हेरिएको
Shares

सारांश

  • ५ साउन, पोखरा ।
  •   पोखरामा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
  • स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक खीमबहादुर खड्काले यसको पुष्टि गरेका हुन् ।

५ साउन, पोखरा । 

पोखरामा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक खीमबहादुर खड्काले यसको पुष्टि गरेका हुन् ।  ‘७४ वर्षको महिला उपचारका लागि आउनुभएको रहेछ । ८ दिन अघि कोरोना डिकेक्ट भएको र हिजो मृत्यु भयो भन्ने आएको छ,’ उनले भने ।

उनी चरक अस्पतालमा उपचाररत थिइन् । उनलाई उच्च रक्तचाप र मधुमेह पनि देखिएको अस्पताल प्रशासनले जनाएको छ । ‘अरू बिरामी पनि थिए भन्ने छ । कोरोना पनि एसोसियट हुन आयो,’ खड्काले भने, ‘अरू कारण पनि हुन सक्छन् । तर कोरोना भन्ने पुष्टि भएको हो ।’ गण्डकीमा अहिले कोरोना सङ्क्रमणको दर बढ्न थालेको निर्देशनालयले जनाएको छ । हाल प्रदेशभर ८ जना सङ्क्रमित उपचाररत रहेका छन् । तीमध्ये कास्कीमा ५ जना छन् भने बागलुङमा २ र स्याङ्जामा एक जना छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?