अवैध लागूऔषधसहित विभिन्न जिल्लाबाट ६ जना पक्राउ

nepaltathya_news nepaltathya_news
|
मंगलबार, आश्विन १४, २०८२
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • १४ असोज, काठमाडाैं ।
  • रुपन्देही, मकवानपुर, बर्दिया र इलामबाट प्रहरीले छुट्टाछुट्टै अभियानमार्फत ६ जनालाई अवैध लागूऔषधसहित नियन्त्रणमा लिएको छ ।
  • रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ देविनगरबाट ब्राउनसुगर जस्तो देखिने ३ ग्राम ६१ मिलिग्रामसहित २६ वर्षीय मातृका अधिकारी र ३२ वर्षीय दीपक मल्ल पक्राउ परेका छन् ।

१४ असोज, काठमाडाैं ।

रुपन्देही, मकवानपुर, बर्दिया र इलामबाट प्रहरीले छुट्टाछुट्टै अभियानमार्फत ६ जनालाई अवैध लागूऔषधसहित नियन्त्रणमा लिएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ देविनगरबाट ब्राउनसुगर जस्तो देखिने ३ ग्राम ६१ मिलिग्रामसहित २६ वर्षीय मातृका अधिकारी र ३२ वर्षीय दीपक मल्ल पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको टोलीले उनीहरूलाई स्कुटर चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको हो ।

त्यसैगरी, मकवानपुरको बकैया गाउँपालिका–४ तुलसीपुरबाट ३१ वर्षीय रोजित लामिछाने खैरो हेरोइन जस्तो देखिने ५१० मिलिग्रामसहित पक्राउ परेका छन् । अस्थायी प्रहरी पोस्ट गरगरेबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । बर्दियाको बढैयाताल गाउँपालिका–७ कण्ठपुरमा भारतबाट नेपालतर्फ पैदल आएका २० वर्षीय शिव चौधरी र २१ वर्षीय सन्तोष कुमार थारू ब्राउनसुगर जस्तो देखिने १ ग्राम १५० मिलिग्रामसहित पक्राउ परेका छन् । उनीहरूलाई प्रहरी चौकी कालिकाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । यस्तै, इलाम नगरपालिका–८ तिल्केनी मोडस्थित सडकबाट ३१ वर्षीय विशाल आचार्य ब्राउनसुगर जस्तो देखिने ३४० मिलिग्रामसहित पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।प्रहरीका अनुसार सबै घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसजेवीएनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग
दोस्रो अभ्यास खेलमा पनि नेपाल पराजित
पूर्णबहादुर खड्काले बोलाए ‘केन्द्रीय कार्यसमिति’ बैठक
मौलापुरका मेयरलाई पुनर्बहाली गर्न सर्वोच्चको अन्तरिम आदेश
एकैपटक ६० जना सहसचिवको सरुवा (सूचीसहित)
गभर्नर पौडेलको सम्पत्ति: १४ करोडको सेयर लगानी, कति छन् सुन र हीरा?
बाल पोषण अनुदानसँग सम्बन्धि अभिभावक सचेतना कार्यक्रम संपन्न
सङ्घीय संसद्को हिउँदे अधिवेशन आजबाट, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने
अनलाइन सञ्चारमाध्यमको सूचीकरण अब प्रेस काउन्सिल नेपालबाट नहुने
अर्थ मन्त्रालयमा साइबर हमला गर्नेविरुद्ध अमेरिकाले हाल्यो मुद्दा