संसद् भित्रबाट निकाले पनि जनताको मनबाट निकाल्न नसक्ने रविको दाबी

nepaltathya_news nepaltathya_news
|
मंगलबार, फाल्गुन १२, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • १२ फागुन,काठमाडौं ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले सङ्घीय संसद् भित्रबाट निकालेपनि जनताको मनबाट निकाल्न नसकेको दाबी गरेका छन् ।
  • झापा २ मा पुगेका सभापति लामिछानेले जनताको आदेश भन्दा पनि ‘बा’को आदेश ठूलो भएको उल्लेख गर्दै संघीय संसद् भित्रबाट निकालेपनि जनताको मनबाट निकाल्न नसकेको बताए ।

१२ फागुन,काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले सङ्घीय संसद् भित्रबाट निकालेपनि जनताको मनबाट निकाल्न नसकेको दाबी गरेका छन् । झापा २ मा पुगेका सभापति लामिछानेले जनताको आदेश भन्दा पनि ‘बा’को आदेश ठूलो भएको उल्लेख गर्दै संघीय संसद् भित्रबाट निकालेपनि जनताको मनबाट निकाल्न नसकेको बताए । ‘जनताको आदेश भन्दा र संसद्मा ‘बा’को आदेश ठुलो भयो,’ उनले भने, ‘दुई घण्टामा सूचना टाँसेर मलाई गलहत्त्याएर उहाँले सङ्घीय संसद् भित्रबाट निकाल्नु भयो । तर जनताको मनबाट निकाल्न सक्नु भएन् ।’

उनले दलको आदेश सर्वपरी मानेर जनाताको आवाजलाई सदनबाट बन्द गर्ने मानिस आज कुन अनुहार लिएर भोट मागिरहनु भएको छ भन्दै प्रश्न गरेका छन् । ‘दलको आदेश सर्वपरी मानेर नेपाली जनताको आवाजलाई सदनबाट बन्द गर्ने र मानिस आज कुन अनुहार लिएर भोट मागिरहेको छन् मलाई थाहा छैन,’ उनले भने । उनले भिजिट भिसाको छानबिन गर्न माग गर्दै रास्वपाका २१ जना सांसदलाई घाँटी न्याँकेर निकालेको बताए । ‘संसद् नियमावलीले स्पष्ट भन्छ, थुनामा नरहेको मान्छे मुद्दाको किनारा लागेको छैन । तर थुनामा छैन भने उसको सांसद पद निलम्बन हुँदैन भनेर । संसद् नियमावली १०० प्रतिशत संसद्ले सदर गरेको डकुमेन्ट हो । संसदका लागि बनाएको कानुन हो । त्यो सदर गरिएको डकुमेन्ट त्यही थियो’, उनले भने । सभापति लामिछानेले आफु इन्दिरा राना मगर पक्षमा खडा भएको दाबी गरे । उनले भने, ‘म इन्दिरा राना मगरको पक्षमा खडा भएको छु । गर्वका साथ खडा भएको छु ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेनाले ४३ जिल्लामा पुर्‍यायो निर्वाचन सामग्री
२८ क्षेत्रको नतिजा आउन बाँकी, १८ मा रास्वपाको अग्रता
पूर्वमन्त्री प्रदीप नेपालको निध*न
नेपालका स्पीनरको कसिलो बलिङमा हङकङ ११५ रनमा अलआउट
लागूऔषधविरुद्ध विद्यालयमा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता
कास्की अदालतले तोकेको धरौटी बदरको निवेदन लिएर उच्च पुगे रवि
गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन- जनताको अधिकारलाई वंशमा केन्द्रित गर्ने प्रयास हुँदैछ
दक्षिण कोरियामा जहाज दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ६२ पुग्यो
संख्या छ भन्दैमा जे पनि निर्णय गर्न पाइँदैन : गगन थापा
राज्य व्यवस्था समितिमा कर्मचारी ट्रेड युनियनको धर्ना