सङ्घीय सरकारलाई बागमतीका अर्थमन्त्रीको चुनौती– आफ्नो चालु खर्च घटाएर देखाउनुहोस्

nepaltathya_news nepaltathya_news
|
बिहिबार, आश्विन ९, २०८२
|
|
९ पटक हेरिएको
Shares

सारांश

  • ९ असोज, मकवानपुर ।
  • बागमती प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सङ्घीय सरकारले प्रदेशको क्षेत्राधिकार माथि हस्तक्षेप गरेको बताएका छन् ।
  • उनले सङ्घीय सरकारका हालैका निर्णयहरुले संविधानले प्रदेशलाई दिएको स्वायत्त अधिकारलाई कुण्ठित गरेको र सङ्घीयताको मर्ममाथि प्रहार गरेको आरोप लगाए ।

९ असोज, मकवानपुर ।

बागमती प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सङ्घीय सरकारले प्रदेशको क्षेत्राधिकार माथि हस्तक्षेप गरेको बताएका छन् । उनले सङ्घीय सरकारका हालैका निर्णयहरुले संविधानले प्रदेशलाई दिएको स्वायत्त अधिकारलाई कुण्ठित गरेको र सङ्घीयताको मर्ममाथि प्रहार गरेको आरोप लगाए । बिहीबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा मन्त्री तामाङले सङ्घीय सरकारको निर्णय क्षमता कमजोर रहेको टिप्पणी समेत गरे । प्रदेशले सुशासनका लागि गरेका प्रयासलाई उल्ट्याउन खोजिएको उनले दाबी गरे ।

‘सङ्घीय क्याबिनेटका निर्णय हेर्दा कि उहाँहरूको निर्णय क्षमतामाथि प्रश्न उठाउनुपर्ने भयो, कि त प्रदेशमाथि पूर्ण हस्तक्षेप गर्न खोजिएको प्रष्ट छ,’ उनले भने, ‘संविधानले निदृष्ट गरेका विषयमा सङ्घीय सरकारको अर्थ मन्त्रालयले निर्णय गर्न मिल्दैन । प्रदेश सरकारहरू स्वायत्त छन् । आफ्नै ऐन कानुन बनाएर खर्च प्रणाली चलाएका छन् । सो विषयमा सङ्घीय सरकारले निर्णय गरेर खर्च कटौतीको विषयमा स्वकीय, योजना कार्यान्वयनमा हस्तक्षेप गर्नु संविधानको खिलाफ छ ।’ मन्त्री तामाङका अनुसार बागमती प्रदेश मन्त्रिपरिषद्ले २०८२ भदौ १९ गते नै बजेटमा पारदर्शिता कायम गर्न र बिचौलिया रोक्न यस्ता आयोजनाहरू अनिवार्य रूपमा टेन्डर प्रक्रियाबाट मात्र कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।  तर, सङ्घीय सरकारले असोज ५ गते प्रदेशको अधिकार क्षेत्रमा प्रवेश गरी निर्देशन जारी गरेको उनले आरोप लगाए । मन्त्री तामाङले प्रदेश सरकार सुशासनका लागि पहिलेदेखि नै प्रतिबद्ध रहेको दाबी गरे । भदौ २३ गते बाट सुरु भएको ‘जेनजी’ आन्दोलनभन्दा अगावै प्रदेशले बजेट प्रणाली सुधारको निर्णय गरिसकेको स्मरण गराए ।

‘प्रदेशको सञ्चित कोषबाट खर्च गर्ने अधिकार संविधानले प्रदेशलाई दिएको छ,’ उनले भने, ‘संविधान संशोधनबिना सङ्घीय सरकारले हामीलाई निर्देशन दिन सक्दैन । यो निर्णय त्रुटिपूर्ण र सङ्घीयतामाथिको हस्तक्षेप हो ।’ उनले सङ्घीय र प्रदेश बजेटको तुलना गर्दै सङ्घीय बजेट अनुत्पादक र प्रदेशको बजेट विकासमुखी भएको तथ्याङ्क समेत प्रस्तुत गरे । सङ्घीय बजेटको करिब ८० प्रतिशत हिस्सा चालु खर्च र वित्तीय व्यवस्थापनमा रहेको छ भने पुँजीगत (विकास) खर्च २०.८ प्रतिशत मात्र रहेको उनले बताए । यता बागमती प्रदेश बजेट चालु खर्च ३८.६ प्रतिशतमा सीमित गरी पुँजीगत (विकास) खर्च ६१.४ प्रतिशत छुट्टाइएको उनले बताए । ‘सङ्घीय सरकारले सांसदको स्वकीय सचिव हटाएर करोड पनि नबच्ने खर्च कटौतीको हल्ला गर्छ । तर अर्कोतर्फ नयाँ पुनर्निर्माण समिति बनाएर चालु खर्च बढाउँदै छ,’ मन्त्री तामाङले थपे ‘हामी सङ्घीय सरकारलाई चुनौती दिन चाहन्छौँ, आफ्नो ८० प्रतिशतको चालु खर्चलाई हाम्रो जस्तै ३८ प्रतिशतमा झारेर देखाओस् । तब मात्र देश विकास हुन्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधनप्रति प्रधानमन्त्री कार्की द्वारा शोक सन्देश जारी
शिक्षक महासंघको महाधिवेशन आजदेखि
जेनजी आन्दोलन घटनाबारे जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन
गृहमन्त्री लेखकको रास्वपालक्षित अभिव्यक्तिः ‘कानुनले शासन गर्ने हो, भीडले होइन’
कुलमानलाई धक्का, ३ जना केन्द्रीय सदस्यले पार्टी छाडे
छलफलमा जुटे विपक्षी दलहरू
इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी : तीन करोड क्षति
घाटा लागेको भन्दै सुर्खेतमा तारा एअरले बन्द गर्‍यो उडान
सरकारले शून्य कार्बन उत्सर्जनको लक्ष्यसहित काम गरिरहेको छ : ऊर्जामन्त्री खड्का