गृहमन्त्री लेखकको रास्वपालक्षित अभिव्यक्तिः ‘कानुनले शासन गर्ने हो, भीडले होइन’

nepaltathya_news nepaltathya_news
|
मंगलबार, पौष २, २०८१
|
|
१ पटक हेरिएको
Shares

सारांश

  •   २ पुस,  काठमाडौं, २ पुस ।
  • गृहमन्त्री रमेश लेखकलेले आपराधिक घटनालाई प्रभावित पार्न सरकारी कार्यालयमा भीड जम्मा गर्ने प्रयास भइरहेको बताएका छन् ।
  • आज (मंगलबार) गृह मन्त्रालय तथा लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा आज रुपन्देहीमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले आपराधिक घटनालाई प्रभावित पार्न गरिने त्यस्ता गतिविधिलाई रोक्न आवश्यक रहेको बताए ।

 

२ पुस,  काठमाडौं, २ पुस । गृहमन्त्री रमेश लेखकलेले आपराधिक घटनालाई प्रभावित पार्न सरकारी कार्यालयमा भीड जम्मा गर्ने प्रयास भइरहेको बताएका छन् ।

आज (मंगलबार) गृह मन्त्रालय तथा लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा आज रुपन्देहीमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले आपराधिक घटनालाई प्रभावित पार्न गरिने त्यस्ता गतिविधिलाई रोक्न आवश्यक रहेको बताए । सहकारी ठगी, संगठित अपराध, सम्पत्ति सुद्धीकरणलगायतका मुद्दामा रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता, कार्यकर्ता तथा समर्थकहरुले गरेको आन्दोलन र प्रदर्शनतर्फ लक्षित गर्दै गृहमन्त्री लेखकले भने, ‘मुलुकमा कानुनले शासन गर्ने हो, भिडले होइन ।

आपराधिक घटनालाई प्रभावित पार्न सरकारी कार्यालयमा भिड जम्मा गरेर प्रभावित पार्ने प्रयास भइरहेका छन् तिनलाई नियन्त्रण गर्न आवश्यक छ ।’ गृहमन्त्री लेखकले संविधानको रक्षा, लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि शान्ति सुरक्षा मजबुत हुनुपर्ने धारणा राखे । उनले शान्ति सुरक्षा खलबलिने वित्तिकै संविधानले सुनिश्चित गरेका नागरिकका मौलिक हक गुम्ने खतरा रहेकाले शान्तिसुरक्षा खलबलिने गरी नागरिकका अधिकार गुम्ने गतिविधि स्वीकार्य नहुने बताए ।

गृहमन्त्री लेखकले वर्तमान सरकारको एजेण्डा नै संविधानको सुरक्षा, सुदृढीकरण र कार्यान्वयन रहेको सुनाए । ‘वर्तमान संविधानलाई असफल हुन दिने छुट हामीलाई छैन । अबको एजेण्डा संविधानको सही कार्यान्वयनसहित दीगो शान्ति, सुशासन, विकास र समृद्धि हो, शान्ति, सुशासन, विकास र समृद्धिका लागि दिगो शान्ति जरूरी छ,’– उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाजामा शुक्रबार रातभर इजरायली हवाई आक्रमणमा ३३ प्यालेस्टाइनीको मृत्यु
एनपीएलमा ऋषि धवनको पहिलो अर्धशतक
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
समानुपातिक निर्वाचन बाहिर ४३ दल
म प्रधानमन्त्री हुँदा लगानीको वातावरण बनाउन पहल गरेकै हो: प्रचण्ड
विश्वकप क्रिकेट: नेदरल्यान्ड्समाथि अस्ट्रेलियाको कीर्तिमानी जित
सोलुखुम्बुमा कुटपिटका क्रममा छिमेकीको मृ*त्यु , कुटपिट गर्ने पक्राउ
सशस्त्र प्रहरी निरीक्षक विजय तुलाधरको सम्झनामा स्मृति बाटिकाको उद्घाटन
अयोध्याको रामजन्मभूमि मन्दिरका मुख्य पुजारी आचार्य सत्येन्द्र दासको निधन
ओली र लेखकको पक्राउमा कानुनी प्रक्रिया मिचिएको पूर्व डिआईजी गुरुङको आरोप