ज्ञानेन्द्र शाहको गतिविधिप्रति सांसदहरूको आपत्ति

nepaltathya_news nepaltathya_news
|
आइतबार, फाल्गुन २५, २०८१
|
|
१ पटक हेरिएको
Shares

सारांश

  •   २५ फागुन, काठमाडौं ।
  • सांसदहरूले पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिप्रति आपत्ति जनाएका छन् ।
  • आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनीहरूले लोकतन्त्रविरोधी गतिविधि रोक्न आवश्यक रहेको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् ।

 

२५ फागुन, काठमाडौं । सांसदहरूले पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिप्रति आपत्ति जनाएका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनीहरूले लोकतन्त्रविरोधी गतिविधि रोक्न आवश्यक रहेको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् । नेकपा एकीकृत समाजवादीका सांसद उदयबहादुर बोहरा लोकतन्त्रमाथिको प्रहार सैह्य नहुने चेतावनी दिन्छन् । ‘केही समय यता काठमाडौं लगायत मुलुकका केही शहरहरूमा नाराजुलुस भइरहेका छन ।

उक्त जुलुसमा सरकार मात्रै होइन, लोकतन्त्रमाथि नै प्रहार भइराखेको छ’, उनले भने । तर, सरकार गम्भीर नभएको भन्ने उनको आशंका छ । सरकार र मन्त्रीहरूको कार्यशैलीले प्रश्न उठाएको तर, त्यो प्रश्न व्यवस्थासँग सम्बन्धित नरहेको उनको भनाइ छ । सरकारले कार्यशैली सच्याएर गलत प्रवृतिलाई निरुत्साहित गर्नुपर्ने उनको आग्रह छ । पूर्वराजा ज्ञानेन्द्र देशका विभिन्न क्षेत्रको भ्रमण गरेर काठमाडौं फर्किँदैछन् । उनलाई स्वागत गर्ने क्रममा राजावादीहरूले आइतबार पूर्वराजाप्रति जनताको मत बुझ्ने प्रयास अन्तर्गत र्‍याली निकाल्दैछन् ।

पूर्वराजाको सक्रियता र व्यवस्था विरोधी आवाज कम गर्न संविधान हातमा नभएर माथमा धारण गरर सरकारले सुशासन कायम गर्न सक्नुपर्ने बताउँछन् नेपाली कांग्रेसका सांसद युवराज शर्मा । यसो भए व्यवस्था विरोधी अभियान स्वतः निस्तेज भएर जाने उनको विश्वास छ । यसका लागि गणतन्त्रवादी दलहरूका बीचमा सहमति र सहकार्य आवश्यक रहेको उनको सुझाव छ । संविधानवादी राजनीतिक दलहरूबीच सहमतिको अधिकतम पहलको अपेक्षा राख्दछु’ उनले भने । कांग्रेस सांसद शर्माले सरकारसँगै यस्तो अपेक्षा राखेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फराकिलो मतान्तरसहित एमाले केन्द्रीय सदस्यमा विजयी भइन् सुनिता डंगोल
अवैध उत्खननले घट्यो खोलाको सतह, राजश्व पनि न्यून संकलन
राष्ट्रिय हितको लागि दिगो विकास आवश्यकता छ : प्रचण्ड
लक्ष्मीपूजाको रात सर्लाहीका तीन ठाउँमा आगलागी, करोडौंको क्षति
हसिनाको परिवारमाथि पाँच अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
जेनजी प्रतिनिधि यादवलाई मानवअधिकार आयोगले बयानमा बोलायो
कर्णालीको कानून मन्त्रालय मुख्यमन्त्री कार्यालयमा गाभियो
मधेश प्रदेश सभाको सभामुख चयनका लागि प्रक्रिया सुरु
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च
मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्छः सभापति देउवा