छलफलमा जुटे विपक्षी दलहरू

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, जेठ २३, २०८२
|
|
७ पटक हेरिएको
Shares

सारांश

  • २३ जेठ, काठमाडौं ।
  • विपक्षी दलहरूको बैठक संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ ।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बैठक सुरु भएको हो ।

२३ जेठ, काठमाडौं ।

विपक्षी दलहरूको बैठक संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बैठक सुरु भएको हो । जहाँ माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादीका नेताहरू सहभागी छन् । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बस्ने तय भएको थियो । त्यो भन्दा अगाडि नै बस्ने भनिएको विपक्षी दलहरूको बैठक केही ढिलो गरी सुरु भएको हो ।

भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठकमा सरकारको जवाफ माग्दै आएका छन् । सुरुमा गृहमन्त्री रमेश लेखकको राजीनामा नै मागेको विपक्षी दलहरू पछिल्लो समय सरकारले भिजिट भिसा प्रकरणको छानबिन गर्ने प्रतिबद्धता जनाए सदन चल्न दिने अवस्थामा पुगेका छन् । तर, सत्तापक्षले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको विषयमा सरकारले छुट्टै अनुसन्धान गर्ने प्रतिबद्धता जनाइरहन आवश्यक नरहेको तर्कमा छन् । सत्तापक्ष र प्रतिपक्षमा रहेका दलका बीचमा अनौपचारिक संवाद चलिरहेको छ । अनौपचारिक संवादपछि विपक्षी दलहरू औपचारिक छलफलमा जुटेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नागरिकता विधेयकमाथि दफावार छलफल सुरु
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
अछाममा दुई किशोरी मृत्यु प्रकरण : दुई युवा पक्राउ
नक्कली लालपूर्जा बनाएर वितरण गरेको आरोपमा बुटवलका मालपोत अधिकृत पक्राउ
आईपीयुको दिगो विकास स्थायी समितिमा अञ्जान शाक्य विजयी
नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
राष्ट्रपति पौडेल आज अपराह्न स्वदेश फर्कँदै
अर्थमन्त्रीको राजिनामा माग गर्दै प्रमुख प्रतिपक्षद्वारा मधेश प्रदेश सभा बैठक बहिस्कार
आजदेखि अध्यागमनको सेवा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म
फेसबुकसहित २६ वटा सामाजिक सञ्जाललाई बन्द गर्न दूरसञ्‍चार प्राधिकरणको निर्देशन