छिमेकीको हत्यामा आरोपमा २ जना पक्राउ

nepaltathya_news nepaltathya_news
|
बुधबार, आश्विन ८, २०८२
|
|
९ पटक हेरिएको
Shares

सारांश

  • ८ असोज, काठमाडौं ।
  •   झापाको बिर्तामोड नगरपालिका-७ का ३६ वर्षीय फुर्बा तामाङको हत्यामा संलग्न भएको आरोपमा २ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ।
  •   पक्राउ पर्नेमा बिर्तामोड-७ का २८ वर्षीय प्रेमकुमार राई र ३३ वर्षीय रामकुमार राई रहेका छन्।

८ असोज, काठमाडौं । 

झापाको बिर्तामोड नगरपालिका-७ का ३६ वर्षीय फुर्बा तामाङको हत्यामा संलग्न भएको आरोपमा २ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ।  पक्राउ पर्नेमा बिर्तामोड-७ का २८ वर्षीय प्रेमकुमार राई र ३३ वर्षीय रामकुमार राई रहेका छन्।

उनीहरूमाथि असोज ७ गते आफ्नै घरमा रहेका तामाङलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको आरोप छ। प्रहरी घटनामा प्रयोग भएको खुकुरी पनि बरामद गरेको छ। शव कानुनी प्रकृया पूरा गरी पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ भने हत्यामा आरोपित दुवै जनामाथि कर्तव्य ज्यान कसुरमा म्याद थप गरी अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ