बीपी राजमार्ग १४ दिनपछि एकतर्फी खुल्यो

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, आश्विन २५, २०८१
|
|
१७ पटक हेरिएको
Shares

सारांश

  •   २५ असोज, काभ्रे ।
  • काभ्रेको रोशी-११ पिप्लेमा  सुख्खा पहिरोबाट अवरुद्ध भएको बीपी राजमार्ग  एकतर्फी खुलेको छ ।
  • बीपी राजमार्ग अन्तर्गत पिप्लेमा सुख्खा पहिरो खसेर अवरुद्ध सडक केहीबेरअघि पन्छाएर सडक सुचारु गरेको डिभिजन सडक कार्यालय भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए ।

 

२५ असोज, काभ्रे । काभ्रेको रोशी-११ पिप्लेमा  सुख्खा पहिरोबाट अवरुद्ध भएको बीपी राजमार्ग  एकतर्फी खुलेको छ ।

बीपी राजमार्ग अन्तर्गत पिप्लेमा सुख्खा पहिरो खसेर अवरुद्ध सडक केहीबेरअघि पन्छाएर सडक सुचारु गरेको डिभिजन सडक कार्यालय भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए । उनका अनुसार खसेको पहिरोलाई सडकबाट हटाइएको छ भने एकतर्फी रुपमा सवारी सुचारू गरिएको छ ।

यसअघि सुक्खा पहिरो खसेर गाडी नै पुरिएपछि बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो । पहिरोमा खोटाङबाट काठमाडौंतर्फ जाँदै गरेको ना. १ ज. ६८१७ नम्बरको सुमोलाई पुरेको थियो भने पुरिएको गाडी निकाल्न गएको डोजरलाई समेत पहिरोले पल्टाइदिएको थियो । साथै सिन्धुलीबाट काठमाडौं तर्फ जाँदै गरेको बा. ४ ख. ४३५२ नम्बरको बसलाई सोही ठाउँको पहिरोले रोशी खोलामा धकेलेको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?