नेपाल फार्मेसी संघ सर्लाहीमा नयाँ नेतृत्व

nepaltathya_news nepaltathya_news
|
शनिबार, पौष १२, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   सर्लाही १२ पुष ।
  • नेपाल फार्मेसी संघ (PhAN) सर्लाही जिल्ला समितिको प्रथम अधिवेशनबाट संजय कुमार सिंहको अध्यक्षतामा नयाँ जिल्ला कार्य समिति सर्वसम्मत चयन गरिएको छ।
  • मलंगवा नगरपालिका–२ स्थित राजश्री चोकमा सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि जिल्लाको नेतृत्व चयन गरेको हो।

 

सर्लाही १२ पुष । नेपाल फार्मेसी संघ (PhAN) सर्लाही जिल्ला समितिको प्रथम अधिवेशनबाट संजय कुमार सिंहको अध्यक्षतामा नयाँ जिल्ला कार्य समिति सर्वसम्मत चयन गरिएको छ।

मलंगवा नगरपालिका–२ स्थित राजश्री चोकमा सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि जिल्लाको नेतृत्व चयन गरेको हो। नवगठित कार्य समितिको उपाध्यक्षमा अरुण यादव र अर्चना यादव चयन भएका छन् भने महासचिवमा प्रविण यादव, सचिवमा मधुरेन्द्र सिंह तथा कोषाध्यक्षमा हिरेन्द्र यादव चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा नितेश कुमार राय, मनोज अधिकारी, सिवेन्द्र कुमार साह, सन्दिप कुमार मण्डल, चन्द्रप्रभा यादव, आदित्य अधिकारी, प्रीति तिवारी र अंजना सिंह रहेका छन्।

अधिवेशन कार्यक्रम नेपाल फार्मेसी संघ सर्लाही जिल्ला संयोजक प्रविण यादव र मधेश प्रदेश अध्यक्ष मुकेश साहको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल फार्मेसी संघका केन्द्रीय सदस्य शिवकुमार मिश्रा प्रमुख अतिथिका रूपमा सहभागी रहेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?