प्रतिनिधिसभाः बाढीपहिरो र सडक दुर्घटनाका बिरामीको निःशुल्क उपचार गर्न माग

nepaltathya_news nepaltathya_news
|
मंगलबार, भाद्र ११, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   ११ भदौ ,काठमाडौँ: प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले अविरल वर्षाका कारण देशभर भइरहेको बाढीपहिरो र सडक दुर्घटनाका घाइतेको निःशुल्क उपचार तथा पुनः स्थापनाका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
  • बैठकको आकस्मिक समयमा सांसद सुशीला थिङले सिन्धुली जिल्लामा यही भदौ ७ गतेको अविरल वर्षाका कारण हायु बस्तीका पाँच घर भत्किएका र १५ परिवार विस्तापित भएकाप्रति ध्यानाकर्षण गराउँदै क्षतिपूर्ति र पुनःस्थापनाको माग गर्नुभयो ।
  • “लोपोन्मुख हायु बस्तीमा पाँच घरधुरी भत्किएका छन्, १५ परिवारलाई अन्यत्र सारिएको छ” उहाँले भन्नुभयो, “जोखिमका परेका लोपोन्मुख जाति हायुको बस्तीलाई सुरक्षित ठाउँमा सारेर एकीकृत बस्ती निर्माण तथा जीविकोपार्जका लागि सहयोग गर्न आग्रह गर्दछु ।

 

११ भदौ ,काठमाडौँ: प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले अविरल वर्षाका कारण देशभर भइरहेको बाढीपहिरो र सडक दुर्घटनाका घाइतेको निःशुल्क उपचार तथा पुनः स्थापनाका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।बैठकको आकस्मिक समयमा सांसद सुशीला थिङले सिन्धुली जिल्लामा यही भदौ ७ गतेको अविरल वर्षाका कारण हायु बस्तीका पाँच घर भत्किएका र १५ परिवार विस्तापित भएकाप्रति ध्यानाकर्षण गराउँदै क्षतिपूर्ति र पुनःस्थापनाको माग गर्नुभयो । “लोपोन्मुख हायु बस्तीमा पाँच घरधुरी भत्किएका छन्, १५ परिवारलाई अन्यत्र सारिएको छ” उहाँले भन्नुभयो, “जोखिमका परेका लोपोन्मुख जाति हायुको बस्तीलाई सुरक्षित ठाउँमा सारेर एकीकृत बस्ती निर्माण तथा जीविकोपार्जका लागि सहयोग गर्न आग्रह गर्दछु ।” सांसद थिङले सडक दुर्घटना, चट्याङ्मा परेका व्यक्तिलाई पनि स्वास्थ्य उपचारका लागि सरकारसँग आग्रह गर्नुभयो ।  सांसद जनार्दन शर्माले देशभर परेको वर्षाका कारण धेरै धनजनको क्षति भएको र सडक दुर्घटनामा परेर मानिसको ज्यान गइरहेकाप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।“गतवर्ष जाजरकोटमा गएको भूकम्पले सल्यानका विभिन्न ठाउँमा जमिन फाट्ने र ठूला चिरा परिरहेको छ” उहाँले भन्नुभयो, “तत्काल विज्ञ पठाइ त्यो भूमि प्रयोग गर्न हुन्छ वा हुन्न भनेर निक्र्यौल गर्नुपर्छ, आवश्यकताअनुसार बस्ती सार्न पहल गर्न ध्यानाकर्षण गराउन चाहन्छु ।” सांसद शान्ति विकले विगत केही समयदेखि स्वदेश तथा विदेशमा महिला हिंसासम्बन्धी घटना विश्वभरि नै देखिएका र महिलाहरू कही पनि सुरक्षित हुन नसकेको देखिएको बताउनुभयो । “नेपालका चेली चाहे देशमा हुन् वा विदेशमा कही पनि सुरक्षित छैनन् भन्ने कुराले स्तब्ध छु”,उहाँले भन्नुभयो, “सबै घटना मानवताविरोधी क्रुरताको पराकाष्ठा हो ।”  सांसद अमरेशकुमार सिंहले पछिल्लो समय देशमा सडक दुर्घटना बढेको र दुर्घटना कम गराउन सरोकार भएका पक्षको ध्यानाकर्षण गराउनुभयो ।“पटकपटक सडक दुर्घटना भएको छ, यस्तो किन भइरहेको छ? त्यसको जिम्मेवारी कसैले लिनुपर्छ की पर्दैन?” उहाँले प्रश्न गर्नुभयो, “सरकारले जिम्मा  लिने वा ट्राफिक प्रहरी ? यातायात विभाग वा कसले लिने हो ? यसको जवाफसहित दिनप्रतिदिन खस्किँदै गएको सडकको गुणस्तर सुधारमा लाग्नुपर्छ ।” सांसद गणेश पराजुलीले देशैभरि भएका सवारीसाधन दुर्घटनाबारे सरकारको ध्यानाकर्षण गराउँदै जनतालाई सरकार भएको सहसुस दिलाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाल सरकार, गृहमन्त्रालय, पर्यटन मन्त्रालयलाई आग्रह गर्न चाहान्छु कि नेपालमा आएका भारतीय पर्यटकलाई गन्तव्यसम्म पुर्‍याउने काम सरकारको हो ।” सांसद शिव नेपालीले सडक र हवाई दुर्घटना न्यूनीकरण गर्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इक्यान अध्यक्षमा लक्ष्मण पौडेल (एन्ड्रयु) निर्वाचित
आईटी पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिँदै सूचना प्रविधि विभाग, यसरी दिनुहोस् आवेदन
पोखरा विमानस्थल भ्रष्टाचार : अधिकारीलाई ५लाख र भण्डारीसँग १ लाख धरौटी माग
प्रधानमन्त्री ओली सोमबार चीन भ्रमणमा जाँदै, यस्तो छ भम्रण तालिका
रुपन्देहीमा राम्रो नतिजा ल्याउँछौं, एक्लै लड्ने तयारी गर्नुहोस् : अध्यक्ष प्रचण्ड
शिक्षकको तलब मासिक रुपमा नियमित उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन
सर्लाहीमा १३१ उम्मेदवार कायम
इन्धन मूल्यवृद्धिपछि भाडा समायोजन नगरे सेवा अवरुद्ध गर्ने चेतावनी
गगनको टिप्पणी : नेपालको राजसंस्थासँग संवैधानिक हुने चरित्र नै छैन
बलात्कारको मुद्दा रोक्न युवतीलाई ३ लाख दिएको राजेश अहिराजको स्वीकारोक्ति (बयानको पूर्णपाठ)