नवनियुक्त शिक्षा मन्त्रीको पदभार ग्रहण केशरमहलमा

nepaltathya_news nepaltathya_news
|
सोमबार, आश्विन ६, २०८२
|
|
८ पटक हेरिएको
Shares

सारांश

  • ६ असोज, काठमाडौं ।
  • नवनियुक्त शिक्षामन्त्रीको पदभार ग्रहण लैनचौरस्थित केशरमहलमा हुने भएको छ ।
  • सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालयको भवन जेनजी युवा आन्दोलनको क्रममा आगजनी भएकाले केशरमहलमा पदभार ग्रहण हुन लागेको हो ।

६ असोज, काठमाडौं ।

नवनियुक्त शिक्षामन्त्रीको पदभार ग्रहण लैनचौरस्थित केशरमहलमा हुने भएको छ । सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालयको भवन जेनजी युवा आन्दोलनको क्रममा आगजनी भएकाले केशरमहलमा पदभार ग्रहण हुन लागेको हो । नवनियुक्त शिक्षा मन्त्रीका लागि केशरमहलमा कार्यकक्ष तयार भइसकेको मन्त्रालयका एक अधिकारीले बताए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको रुपमा वैज्ञानिक महाविर पुन सिफारिस भएका छन् । नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण समारोह कार्यक्रम आज दिउँसो २ बजे शीतल निवासमा निर्धारण गरिएको छ । शिक्षा मन्त्रीमा सिफारिस भएका पुनले फेसबुकमा स्टाटस राखेर आफूलाई बधाई नदिन र खादामाला नल्याउन भनेका छन् । उनले लेखेका छन्, आफूलाई मन्त्री नभन्न पनि अनुरोध गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा पहिलो घोषणा भन्दै लेखेका छन्, ‘मलाई मन्त्री नभन्नुहोला । कसैलाई मन्त्री भन्न साह्रै रहर छ भने कबाडी वैज्ञानिक मन्त्री भन्नुहोला ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?