बजेटमा सुझाव दिन स्वास्थ्य मन्त्रालयको आह्वान

nepaltathya_news nepaltathya_news
|
बिहिबार, चैत्र ७, २०८१
|
|
१ पटक हेरिएको
Shares

सारांश

  • ७ चैत, काठमाडौँ ।
  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन सार्वजनिक अनुरोध गरेको छ ।
  • आर्थिक वर्ष २०८२÷८३ को बजेट निर्माणको तयारीमा रहेको मन्त्रालयले सरोकार भएका सबैलाई सुझाव दिन आज एक सूचनामार्फत आह्वान गरेको हो ।

७ चैत, काठमाडौँ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन सार्वजनिक अनुरोध गरेको छ । आर्थिक वर्ष २०८२÷८३ को बजेट निर्माणको तयारीमा रहेको मन्त्रालयले सरोकार भएका सबैलाई सुझाव दिन आज एक सूचनामार्फत आह्वान गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बजेट तर्जुमा गर्दा सरोकार भएका सबै क्षेत्रबाट सुझाव सङ्कलन गर्ने निर्देशन दिनुभएको छ । मन्त्रालयका स्वास्थ्यसम्बन्धी कार्यक्रममा सुझाव दिन सकिने छ ।

उक्त मन्त्रालयले बजेट ‘सिलिङ’का आधारमा प्राथमिकताका क्षेत्र निर्धारण गर्न सरोकार भएकाहरुसँग विगत केही दिन यता निरन्तर छलफल गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?