१० किलो गाँजासहित तीन भारतीय पक्राउ

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, पौष २६, २०८१
|
|
१८ पटक हेरिएको
Shares

सारांश

  •   बाराको प्रसौनीबाट प्रहरीले १० किलो गाँजासहित तीनजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको कुशीनगर, थाना पटेर्वा, ग्राम पंचायत जबरा बजार निवासी ३८ वर्षीय चालक धर्मेन्द्र गुप्ता, शिवान थाना नौतन, ग्राम पंचायत सेमरा निवासी ४८ वर्षीय चन्द्रभान कुशवाहा, र लखनऊ नगरपालिका, सरोजीनगर, ट्रान्सपोर्ट नगर निवासी ३२ वर्षीय चन्द्रभान श्रीवास्तव रहेका छन् ।
  • इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी निरीक्षक सुरेशराज भट्टको नेतृत्वमा खटिएको टोलीले प्रसौनी गाउँपालिका वडा नं.

 

बाराको प्रसौनीबाट प्रहरीले १० किलो गाँजासहित तीनजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको कुशीनगर, थाना पटेर्वा, ग्राम पंचायत जबरा बजार निवासी ३८ वर्षीय चालक धर्मेन्द्र गुप्ता, शिवान थाना नौतन, ग्राम पंचायत सेमरा निवासी ४८ वर्षीय चन्द्रभान कुशवाहा, र लखनऊ नगरपालिका, सरोजीनगर, ट्रान्सपोर्ट नगर निवासी ३२ वर्षीय चन्द्रभान श्रीवास्तव रहेका छन् ।

इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी निरीक्षक सुरेशराज भट्टको नेतृत्वमा खटिएको टोलीले प्रसौनी गाउँपालिका वडा नं. ५ स्थित प्रष्टोकाबाट बेलहिया जाँदै गरेको युपी ३२ बिएक्स ४७२६ नम्बरको भारतीय बोलेरो गाडीमा सेतो प्लास्टिकमा प्याक गरिएको गाँजा फेला परेको हो । प्रहरीले पक्राउ परेका व्यक्ति र गाँजासहितको बोलेरो गाडीलाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारबाही प्रक्रिया अघि बढाएको छ। बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाका अनुसार पक्राउ परेका तीनैजनालाई बाराको जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं जिल्लाव्यापी बृहत् खेलकुद प्रतियोगिता असार १ गतेदेखि
मधेस प्रदेशसभाको अर्थ तथा योजना समिति सभापतिका लागि निर्वाचन हुँदै
सुशासनमा सुधार गरे ७ प्रतिशत आर्थिक वृद्धि हुन्छ : श्रेष्ठ
महाकुम्भ मेला विश्व इतिहासमा अदभूत : ६६ करोडभन्दा बढी व्यक्तिले गरे गंगा नदीमा स्नान
कोशी र गण्डकीमा भारी वर्षा, बाढीको खतरा बढेपछि सतर्कताको सूचना जारी
जनावरको आक्रमणबाट ५ महिनामा ८३ जनाको मृत्यु
वैदेशिक रोजगारी जाने महिलाको संख्या वर्षेनी बढ्दै
लोकतन्त्रमा समस्या आए कांग्रेस–एमाले एक ठाउँमा उभिनेछन् : पूर्ण बहादुर खड्का
निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी
यस्तो छ, सोमबार विदेशी मुद्राको विनिमयदर