अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका लागि दुई नयाँ खेलाडीसहित नेपाली टोली घोषणा

nepaltathya_news nepaltathya_news
|
बिहिबार, फाल्गुन १, २०८१
|
|
६ पटक हेरिएको
Shares

सारांश

  •   १ फागुन, काठमाडौं ।
  • काठमाडौंमा आगामी सातादेखि सुरू हुने चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा खेल्ने नेपालको अन्तिम टोली घोषणा भएको छ ।
  • प्रशिक्षक राजेन्द्र तामाङले बिहीबार २३ सदस्यीय टोली सार्वजनिक गरेका हुन् ।

 

१ फागुन, काठमाडौं । काठमाडौंमा आगामी सातादेखि सुरू हुने चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा खेल्ने नेपालको अन्तिम टोली घोषणा भएको छ । प्रशिक्षक राजेन्द्र तामाङले बिहीबार २३ सदस्यीय टोली सार्वजनिक गरेका हुन् । एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा रहेको टोलीमा दुई नयाँ खेलाडी छन् ।

टोलीमा कप्तान एन्जिलासँगै अन्जना राना मगर र उषा नाथ गोलरक्षकका रूपमा छन् । त्यस्तै डिफेन्डरहरूमा अमृता जैसी, गिता राना, बिमला बिक, पुजा राना, निशा थोकर, समिक्षा घिमिरे, बिमला चौधरी र मनमाया दमाइ छन् । मिडिफिल्डरमा अनिता बस्नेत, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सबिता रानामगर, रेनुका हमाल र सुष्मा तामाङ छन् । फरवार्डमा साबित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी छन् ।

डिफेन्डर मनमाया दमाइ र मिडफिल्डर सुष्मा तामाङ पहिलोपटक राष्ट्रिय टोलीमा परेका हुन् । साफ च्याम्पियनसिपका दौरान घाइते भएका हिराकुमारी भुजेल र दिपा शाहीको स्थानमा उनीहरू आएको प्रशिक्षक राजेन्द्र तामाङले जनाए । वाफमा खेलेकी रेनुका हमाल र चन्द्रा टोलीमा फर्किएका छन् । साफ खेलेको टिममा रहेकी डिफेण्डर सजनी थोकर पनि बाहिर छिन् । डिफेन्समा मनमाया सहित बिमला चौधरीलाई राखिएको छ । आर्मीको प्रशिक्षणमा रहेकी अमिषा कार्कीको स्थानमा चन्द्रा आएकी हुन् । क्लब फुटबलका लागि बाहिर रहेका खेलाडीमध्ये एन्जिला नेपाल आइसकेकी छन् । रेखा र साम्बा आउन बाँकी छ ।

आगामी फागुन ५ देखि एन्फाको आयोजनामा दशरथ रंगशालामा नेपाल, म्यानमार, लेबनान र कीर्गिस्तान सम्मिलित महिला फुटबल प्रतियोगिता हुँदै छ । नेपालमा पहिलोपटक चारदेशीय महिला फुटबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा सहभागी हुन कीर्गिस्तान आज आउँदै छ भने बाँकी‌ दुई टोली फागुन २ गते नेपाल आइपुग्ने छन् । टोलीहरूलाई एन्फा कम्प्लेक्स र नेपाली सेनाको भद्रकालीस्थित खेल मैदानमा प्रशिक्षणको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा
अवैध रूपमा अमेरिका छिरेका १० नेपाली आज चार्टर विमानमार्फत काठमाडौँ आउँदै
मकवानपुरमा ईभी गाडी दुर्घटना हुँदा ५ जना घाइते
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक पाए विश्वासको मत
ठमेलमा प्रहरी कुट्ने अखिल नेता जोशीलाई ७ दिन हिरासतमा राख्न अनुमति
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक काठमाडौँमा जारी
एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड
मन्त्रालयमै बसेर कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण
कांग्रेस महाधिवेशन २०८२ मङ्सिर भित्रै हुनुपर्छ : नेता डा कोइराला