बारामा बाघको आक्रमणबाट एक महिनामा चार जनाको मृ*त्यु

nepaltathya_news nepaltathya_news
|
सोमबार, भाद्र २३, २०८२
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • २३ भदौ, बारा ।
  •   बाघको आक्रमणबाट बारामा एक महिनामा चार जनाको मृत्यु भएको ।
  • बाघको आक्रमणबाट मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–१ का ५५ वर्षीय छेवाङ्ग लामा, जीतपुरसिमरा–२ का ५५ वर्षीय कृष्णप्रसाद शर्मा, सोही वडाकै रमेश कार्की र मकवानपुरको मनहरी गाउँपालिकाका ५५ वर्षीय चन्द्रबहादुर भुलन रहेको प्रहरी उपरीक्षक सन्तोष तामाङले जानकारी दिए ।

२३ भदौ, बारा ।  

बाघको आक्रमणबाट बारामा एक महिनामा चार जनाको मृत्यु भएको । बाघको आक्रमणबाट मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–१ का ५५ वर्षीय छेवाङ्ग लामा, जीतपुरसिमरा–२ का ५५ वर्षीय कृष्णप्रसाद शर्मा, सोही वडाकै रमेश कार्की र मकवानपुरको मनहरी गाउँपालिकाका ५५ वर्षीय चन्द्रबहादुर भुलन रहेको प्रहरी उपरीक्षक सन्तोष तामाङले जानकारी दिए ।

जिल्लाको जीतपुरसिमरा–४ स्थित प्रगतिशील सामुदायिक वनमा बाघको आक्रमणबाट आइतबार एक पुरुषको ज्यान गएको थियो । इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीका अनुसार जीतपुरसिमरा–१ का ५५ वर्षीय छेवाङ्ग लामाको बाघको आक्रमणबाट ज्यान गएको हो । लामालाई आइतबार च्याउ टिप्न जङ्गल जाने क्रममा प्रगतिशील सामुदायिक वनभित्र बाघले आक्रमण गरेको हो ।

घाँस काट्न गएका स्थानीयले घटनास्थलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । बाघलाई नियन्त्रणमा लिन चितवनबाट डार्ट टोली परिचालन गरिएको पर्सा राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाले जानकारी दिए । दुई वटा हात्ती सौराहाबाट बाघको खोजीका लागि आएको उनले बताए। बाघलाई डार्ट गर्न पशु चिकित्सकसहितको टोली जंगल क्षेत्रमा परिचालन गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुकुमबासी आयोगद्वारा लागत सङ्कलन सुरु
काग खोलामा बाँध निर्माण गरिँदै
महिलासँग जोडिने स्थानीय सरकारको अभियान, सुत्केरीसँग उपाध्यक्ष भेट कार्यक्रम
भारतकाे ७८औँ स्वतन्त्रता दिवसको उपहारमा दियाे नेपाललाई ६६ वटा स्कुल बस र ३५ वटा एम्बुलेन्स
जेनजी आन्दोलनमा मृ*त्यु हुनेको संख्या ७२ पुग्यो
अब अस्पतालहरूले अनिवार्य मेडिकल उपकरणको अडिट गर्नुपर्ने
आक्रमण गरी लुटेराहरूले मोटरसाइकल लुटेर फरार
धनुषामा करेन्ट लागेर एक युवकको मृत्यु
चार देशीय टी-२० अन्तर्राष्ट्रिय सिरिज; कतारले नेपाललाई दियो १५२ रनको लक्ष्य
प्रधानमन्त्री विराटनगर आउँदै, जीवन विकास अस्पताल उद्घाटन गर्ने