उपभोक्ता भनेको सचेत नागरिकको संकेत हो : सुनिता डंगोल

nepaltathya_news nepaltathya_news
|
सोमबार, चैत्र २, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • २ चैत,काठमाडौं ।
  • काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उपभोक्ता अदालतले स्थापना भएको एक वर्षको अवधिमा थोरै भएपनि महत्वपूर्ण काम गरेको बताएकी छन् ।
  • उपभोक्ता अदालतको स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले उपभोक्ता भनेको वस्तु खरिद गर्ने व्यक्ति मात्र नभई सचेत नागरिकको संकेत भएको उल्लेख गरिन् ।

२ चैत,काठमाडौं ।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उपभोक्ता अदालतले स्थापना भएको एक वर्षको अवधिमा थोरै भएपनि महत्वपूर्ण काम गरेको बताएकी छन् । उपभोक्ता अदालतको स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले उपभोक्ता भनेको वस्तु खरिद गर्ने व्यक्ति मात्र नभई सचेत नागरिकको संकेत भएको उल्लेख गरिन् । उनले समाजका सबै मानिस उपभोक्ताहुने भन्दै उत्पादकसमेत उपभोक्ता नै हुने धारणा व्यक्त गरिन् ।  भनिन्, ‘उपभोक्ता अदालतले यो एक वर्षको समयमा थोरै तर महत्वपूर्ण काम गरेको छ ।

उपभोक्ता भन्ने वित्तिकै वस्तु खरिद गर्ने व्यक्ति मात्र होइन । उपभोक्ता भनेको सचेत नागरिकको संकेत हो जस्तो लाग्छ । उपभोक्ता को भनेर हामीले प्रश्न नै गर्नु पर्दैन । सबैजना उपभोक्ता हौं । जो उत्पादक हुनुहुन्छ उहाँहरु पनि उपभोक्ता हो ।’उनले उपभोक्ताको अधिकारको विषय उठाउँदा बाहिरका कसैको अधिकारको कुरा नभई सबैले आफ्नै अधिकारको कुरा गरिरहेको बताइन् । डंगोलले व्यापार, व्यवसाय र बजार अपेक्षित रूपमा अनुशासित नभएकै कारण उपभोक्ता अदालतको आवश्यकता परेको बताइन् । बजारलाई व्यवस्थित र अनुशासित बनाउन कानुन आवश्यक पर्ने र गलत कार्य हुने स्थानमा दण्ड दिनुपर्ने भएकाले यस्ता कानुन निर्माण गरिएको उनको भनाइ थियो । ‘उपभोक्ताको अधिकारको कुरा गरिरहँदा अरु कोही बाहिरको व्यक्ति, बाहिरको मान्छे कसैको अधिकारको कुरा गरेका होइनौं, हामी सबै आफ्नो अधिकारको कुरा गरिरहेका छौं । उपभोक्ताको अधिकारको कुरा गर्दा हामीले उपभोक्ता अदालत सुरु गर्नुपर्ने किन भयो भन्दाखेरि व्यापार, व्यवसाय, बजार जुन हिसावले अनुशासित हुनुपर्ने हो त्यो हिसावले अनुशासित छैन । त्यो अनुशासित बनाउनको लागि कानुन चाहिन्छ र सँगसँगै दण्ड दिनुपर्ने ठाउँमा दिनु नि पर्छ भनेर पनि यो कानुनहरु बनेको हो,’ उनले भनिन् ।

उनले उपभोक्ता अदालतले बजारलाई सही ट्रयाकमा ल्याउन र अनुशासन कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले उपभोक्तासँग सम्बन्धित अधिकार र जिम्मेवारी कुनै एक निकायमा मात्र सीमित नभई सबै सरोकारवालाको साझा दायित्व भएकोपनि उल्लेख गरिन् । उनले भनिन्, ‘हामीले हाम्रो बजारलाई एउटा ट्रयाकमा ल्याउन, अनुशासित बनाउन पनि हो । उपभोक्ता भन्ने वित्तिकै एउटा निकायको मात्र सम्पूर्ण अधिकार जिम्मेवारी दिइएको छैन । उपभोक्तासँग सम्बन्धित अधिकार र जिम्मेवारी कुनै एक निकायमा मात्र सीमित नभई सबै सरोकारवालाको साझा दायित्व हो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दोहोरो अंकले बढ्यो सेयर बजार
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भू*कम्प
लिङ्देनको आरोप- लुटतन्त्रको रक्षाका लागि माओवादीले समझदारी गर्‍यो
इजरायली प्रधानमन्त्रीको निजी निवासमा हिजबुल्लाहले गर्‍यो ड्रोन आक्रमण
खुम्बिलामा हिमपातभित्र हराएका विदेशी पर्यटकसहित ४ जनाको उद्धार
थाइल्याण्डको लगातार तेस्रो जित, नेदरल्याण्ड्सलाई १७ रनले हरायो
पोखरा महानगरपालिकाले हटाएका ५६ स्वास्थ्यकर्मीले स्वास्थ्य महाशाखामा लगाए ताला
निःशुल्क शिक्षा माग्दै विद्यालय बन्द, ७० लाख विद्यार्थीको पढाइ प्रभावित
अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट