Nepal No 1 Online News Portals News site -Nepaltathya.com
शनिबार, ५ बैशाख २०८३, १९ : ०१ : ४५ | Apr 18, 2026

महिलासँग जोडिने स्थानीय सरकारको अभियान, सुत्केरीसँग उपाध्यक्ष भेट कार्यक्रम

nepaltathya_news nepaltathya_news
|
आइतबार, चैत्र ८, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • ८ चैत,रामेछाप ।
  • रामेछापको सुनापति गाउँपालिकाले महिलासँग स्थानीय सरकारको प्रत्यक्ष भेटघाटको लागि नयाँ कार्यक्रम ल्याएको छ ।
  • गाउँपालिकाले सुत्केरीसँग उपाध्यक्ष भेटघाट तथा कोसेली वितरण कार्यक्रम राखेर महिलासँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम ल्याएको हो ।

८ चैत,रामेछाप ।

रामेछापको सुनापति गाउँपालिकाले महिलासँग स्थानीय सरकारको प्रत्यक्ष भेटघाटको लागि नयाँ कार्यक्रम ल्याएको छ । गाउँपालिकाले सुत्केरीसँग उपाध्यक्ष भेटघाट तथा कोसेली वितरण कार्यक्रम राखेर महिलासँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम ल्याएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश श्रेष्ठका अनुसार गाउँपालिकाले कार्यविधि नै बनाएर यस वर्षबाट यो कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

कार्यक्रम अन्तर्गत उपाध्यक्ष आफँ स्वास्थ्यकर्मीसहित सुत्केरी भएका महिलालाई घर घरमा गएर भेट गरी उनीहरूको समस्या बुझ्ने तथा गाउँपालिकाको तर्फबाट कोसेली दिने व्यवस्था मिलाइएको छ । बच्चा र आमा दुवैको स्वास्थ्य सुधार र सुत्केरीलाई पोषणयुक्त खाना खुवाउनको लागि यस कार्यक्रमले प्रेरित गर्ने प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले प्रस्ट पारे । सुत्केरीलाई कोसेली स्वरूप एक किलो घिउ, एक क्रेट अण्डा, एक लिटर खाने तेल, विभिन्न जातका गेडागुडी, आयोडिनयुक्त नुन, बच्चालाई नुहाउने साबुन, तेल तथा पाउडर र सुत्केरीका लागि भित्री वस्त्रहरू दिने गरिन्छ ।

स्थानीय सरकार सधैँ महिलाहरूको साथमा छ भन्ने सन्देश दिनको लागि पनि यो कार्यक्रम गर्न लागिएको गाउँपालिका उपाध्यक्ष गीता विष्टले जानकारी दिइन् । यस कार्यक्रमले सुत्केरी अवस्थामा महिलाका हुने हिंसा र पीडा कम गर्ने सहयोग गर्ने अपेक्षा राखिएको विष्टले बताइन् । यस वर्ष निर्वाचनको कारण आचारसंहिता लागेकोले घर घर जान नसकेको भए पनि अब महिला सुत्केरी भएको १४ दिन भित्र स्वास्थ्यकर्मी सहित उपाध्यक्ष घरमै गएर कोसेली दिने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...