२३ स्थानमा इलाका प्रशासन कार्यालय थप्ने प्रक्रिया अघि बढ्यो (सूचीसहित)

nepaltathya_news nepaltathya_news
|
मंगलबार, भाद्र १०, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • १० भदौ, काठमाडौँ ।
  • गृह मन्त्रालयले २३ स्थानमा इलाका प्रशासन कार्यालय थप गर्ने प्रक्रिया अघि बढाएको छ ।
  • सेवा प्रवाहलाई थप सहज र सरल बनाउनुका साथै सेवा प्रवाह गर्नुपर्ने क्षेत्रको जनसंख्या, भौगोलिक सुगमता र पहुँचबिच देखिएको असमानतालाई समाधान गर्न आवश्यक भएको  भन्दै मन्त्रालयले इलाका प्रशासन कार्यालय थप्ने प्रक्रिया अघि बढाएको हो ।

१० भदौ, काठमाडौँ ।

गृह मन्त्रालयले २३ स्थानमा इलाका प्रशासन कार्यालय थप गर्ने प्रक्रिया अघि बढाएको छ । सेवा प्रवाहलाई थप सहज र सरल बनाउनुका साथै सेवा प्रवाह गर्नुपर्ने क्षेत्रको जनसंख्या, भौगोलिक सुगमता र पहुँचबिच देखिएको असमानतालाई समाधान गर्न आवश्यक भएको  भन्दै मन्त्रालयले इलाका प्रशासन कार्यालय थप्ने प्रक्रिया अघि बढाएको हो ।

मन्त्रालयले सचिवस्तरको निर्णयबाट २०८१ पुस ५ गते संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन पेशगर्न कार्यदल बनाएको थियो ।  गृह मन्त्रालय, प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा बनेको कार्यादलको सिफारिस अनुसार इलाका प्रशासन कार्यालय राख्ने प्रक्रिया अगाडि बढाइएको मन्त्रालयले जनाएको छ ।

सूचीहरु :-

१.    इलाका प्रशासन कार्यालय, सिरिजंगा, ताप्लेजुङ्ग
२.    इलाका प्रशासन कार्यालय, हलेसी, खोटाङ्ग
३.    इलाका प्रशासन कार्यालय, घोराखोरी, ओखलढुंगा
४.    इलाका प्रशासन कार्यालय, सुखिपुर, सिरहा
५.    इलाका प्रशासन कार्यालय, धनुषाधाम, धनुषा
६.    इलाका प्रशासन कार्यालय, वलरा, सर्लाही
७.    इलाका प्रशासन कार्यालय, पोखरिया, पर्सा
८.    इलाका प्रशासन कार्यालय, दुधौली, सिन्धुली
९.    इलाका प्रशासन कार्यालय, टोखा, काठमाण्डौ
१०.     इलाका प्रशासन कार्यालय, धो, डोल्पा
११.    इलाका प्रशासन कार्यालय, खत्याड, मुगु
१२.    इलाका प्रशासन कार्यालय, रास्कोट, कालिकोट
१३.    इलाका प्रशासन कार्यालय, कोल्टी, वाजुरा
१४.    इलाका प्रशासन कार्यालय, देउरा, बझाङ्ग
१५.    इलाका प्रशासन कार्यालय, साफेबगर, अछाम
१६.    इलाका प्रशासन कार्यालय, विपिनगर, डोटी
१७.    इलाका प्रशासन कार्यालय, गोकुलेश्वर, दार्चुला
१८.    इलाका प्रशासन कार्यालय, मेलौली, बैतडी
१९.    इलाका प्रशासन कार्यालय, हेदङ्गवा, संखुवासभा
२०.    इलाका प्रशासन कार्यालय, गैडहवा, रुपन्देही
२१.    इलाका प्रशासन कार्यालय, भिमाद, तनहुँ
२२.    इलाका प्रशासन कार्यालय, सितगंगा, अर्घाखाची
२३.    इलाका प्रशासन कार्यालय, खैरहनी, चितवन

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
सर्लाहीमा कटुवा पेस्तोलसहित दुई युवा पक्राउ
जापानमा हालै गएको भूकम्प अर्को विनाशकारी भूकम्पको सङ्केत हो ?
चिनियाँ राजदूतसँग कुलमानले मागे उत्तरका सडक मर्मतमा चिनियाँ प्रविधिको सहयोग
‘अन्तरिम सरकारमा रहेका प्रधानमन्त्री तथा मन्त्रीहरु छानविनको दायरमा आउनुपर्छ’
काभा भलिबल : माल्दिभ्सविरुद्ध नेपाल ३–० को सेटमा विजयी
सिराहा–४ मा रास्वपाका तपेश्वर यादवको शानदार विजय
पर्सामा खानेपानी र सिँचाइ संकट समाधानका लागि दीर्घकालीन योजना निर्माणको प्रतिबद्धता
माओवादी स्थायी समितिको बैठक बस्दै
औषधिमा कर बढाउने अमेरिकाको घोषणा, भारतीय उद्योग प्रभावित