माओवादी स्थायी समितिको बैठक बस्दै

nepaltathya_news nepaltathya_news
|
बुधबार, आश्विन ८, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • ८ असोज, काठमाडौं ।
  • नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्दैछ ।
  • बैठक दिउँसो १ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्नेछ ।

८ असोज, काठमाडौं ।

नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्नेछ । पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार बैठकमा पदाधिकारीले प्रस्ताव गरेका विषय अगाडि बढ्नेछ र त्यसलाई अनुमोदनको प्रक्रियामा लगिनेछ । माओवादी केन्द्रकोख पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए । महाधिवेशन गर्ने निर्णयसँगै अहिले नै पार्टीका सबै संगठन भंग गर्ने पार्टी कमिटीलाई महाधिवेशन आयोजक समिति बनाउने प्रचण्डको प्रस्ताव छ ।

यी प्रस्तावलाई स्थायी समितिबाट अनुमोदन गरेर केन्द्रीय समिति बैठकमा लैजाने तयारी छ । केन्द्रीय समितिले निर्णय गरेपछि मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णयले औपचारिकता पाउनेछ । संगठनहरू भंगको निर्णय पनि केन्द्रीय समितिको बैठकले नै गर्नेछ । माओवादी केन्द्रको केन्द्रीय समिति बैठक असोज ९ गते काठमाडौंमा बस्दैछ । केन्द्रीय समिति बैठकको तयारीका लागि आज स्थायी समिति बैठक बस्न लागेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले बजेटमा तल्लो वर्गलाई उपेक्षा गरेको छ : पूर्वअर्थमन्त्री पुन
सिरहामा सवारी दुर्घटना, दुई जनाको मृत्यु
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, त्यसअघि कार्यसम्पादन समितिको बैठक बोलाइयो
एनपीएलमा नेपालका राष्ट्रिय खेलाडीहरुको विभिन्न मूल्य तोकियाे
जलस्रोत विधेयक दुई हप्ताभित्र सदनमा पेस गर्छौं : सभापति सिंह
गणतन्त्र असफल भइसक्यो, सनातन हिन्दु राज्य घोषणा गरौँ : धवलशमशेर राणा
बागमती नगरपालिकाका मेयर एकैदिन २ भ्रष्टाचार मुद्दामा दोषी ठहर
हत्कडीसहित फरार थुनुवा बालाजु बसपार्कबाट पक्राउ
राजेन्द्र महतोको प्रदर्शनमा प्रहरीको लाठीचार्ज – तस्बिरहरू
आज संवैधानिक परिषद्को बैठक बस्दै।