संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, भाद्र ६, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • ६ भदौ काठमाडौँ ।
  • नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश नभई संघ नै रहेको बताएका छन्।
  • देश संघीयतामा गइसकेपछि पनि संघ सरकार संघीयतामा जान नसकेको उनले बताए।

६ भदौ काठमाडौँ ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश नभई संघ नै रहेको बताएका छन्। देश संघीयतामा गइसकेपछि पनि संघ सरकार संघीयतामा जान नसकेको उनले बताए। ‘कांग्रेस र एमाले मुख्य शक्ति हुन्, उनीहरूले संविधान संशोधन गर्ने भनिसकेका छन्, त्यसअनुसार अघि बढ्नैपर्छ,’ महामन्त्री थापाले काठमाडौंमा शुक्रबार भएको एक कार्यक्रममा भने, ‘उपराष्ट्रपति र राष्ट्रिय सभा अध्यक्ष एउटै बनाऔँ, आयोगहरू राष्ट्रिय मानव अधिकार अयोगअन्तर्गत नै लगेर राखौं।

जिल्ला समन्वय समिति खारेज गर्न आवाज उठेको छ। संघीयताको सबैभन्दा ठूलो समस्या भनेको प्रदेश होइन, संघ हो। संघीयतामा हामी गइसक्यौं तर संघ नै संघीयतामा आउन सकेको छैन। सेन्टर नै संघीयतामा गएको छैन।’ उनले संसद समावेशी बनाउने र पाँच वर्ष एउटै राजनीतिक दलले देशको नेतृत्व गर्ने अवस्था सिर्जना गर्ने गरी छलफल अघि बढाउनुपर्ने बताए। न्यायपालिकाको बारेमा पनि छलफल गर्न जरूरी रहेको उनले बताए। अदालतमाथि यसअघि यति धेरै प्रश्न उठेको कुरा आफूले थाहा नपाएको उनको भनाइ छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ