सुदूरपश्चिम सरकारमा राजनीतिक हलचल : मन्त्री चौधरी बर्खास्त

nepaltathya_news nepaltathya_news
|
बिहिबार, आषाढ १९, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • १९ असार, काठमाडौं ।
  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई पदबाट बर्खास्त गरेका छन् ।
  • बिहीबार मन्त्रीपरिषद् पुनर्गठनको क्रममा मुख्यमन्त्री शाहले चौधरीलाई पदमुक्त गरेका हुन् ।

१९ असार, काठमाडौं ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई पदबाट बर्खास्त गरेका छन् । बिहीबार मन्त्रीपरिषद् पुनर्गठनको क्रममा मुख्यमन्त्री शाहले चौधरीलाई पदमुक्त गरेका हुन् । मुख्यमन्त्री कार्यालयका अनुसार मन्त्री चौधरीलाई केही समयअघि नै राजीनामा दिन निर्देशन दिइएको थियो ।

तर, चौधरीले राजीनामा दिन अस्वीकार गर्दै राजीनामा दिनुपर्ने कारण स्पष्टरूपमा सार्वजनिक गर्न मुख्यमन्त्रीलाई चुनौती दिएका थिए । उनले राजीनामा नदिएपछि मुख्यमन्त्री शाहले मन्त्रिपरिषद्को पुनः संरचना गर्दै चौधरीलाई पदमुक्त गरेका हुन् । प्रदेश सरकारभित्रको आन्तरिक असमझदारी र शक्ति सन्तुलनको प्रयासस्वरूप गरिएको यस निर्णयले सुदूरपश्चिमको राजनीति फेरि हलचलमा ल्याएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?