नेपालको क्षतिबारे दु:ख व्यक्त गर्दै मोदीले भने- जुनसुकै सहयोग गर्न तयार छौं

nepaltathya_news nepaltathya_news
|
आइतबार, आश्विन १९, २०८२
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • १९ असोज, काठमाडौं ।
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा शुक्रबार र शनिबार परेको अविरल वर्षापछि भएको क्षतिप्रति दु:ख व्यक्त गरेका छन् ।
  • सामाजिक सञ्जालमार्फत मोदीले नेपालमा भएको जनधनको क्षति पीडादायी भएको भन्दै कुनै पनि सहयोग गर्न भारत सरकार प्रतिबद्ध भएको पनि बताएका छन् ।

१९ असोज, काठमाडौं ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा शुक्रबार र शनिबार परेको अविरल वर्षापछि भएको क्षतिप्रति दु:ख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत मोदीले नेपालमा भएको जनधनको क्षति पीडादायी भएको भन्दै कुनै पनि सहयोग गर्न भारत सरकार प्रतिबद्ध भएको पनि बताएका छन् ।

उनले भनेका छन्, ‘एक मैत्रीपूर्ण छिमेकी र पहिलो प्रतिक्रियाकर्ताको रूपमा, भारत आवश्यक पर्ने कुनै पनि सहयोग प्रदान गर्न प्रतिबद्ध छ ।’ उनले नेपाली जनता र सरकारको साथमा भारत रहेको पनि बताएका छन् । ‘हामी यस कठिन समयमा नेपालका जनता र सरकारको साथमा छौं,’ उनले भनेका छन् । वर्षापछि आएको बाढी र पहिरोका कारण अहिलेसम्म ४९ जनाले ज्यान गुमाइसकेका छन् । देशभरका राजमार्ग अवरुद्ध हुनेगरी भएको वर्षा आज भने केही रोकिएको छ । अहिले विभिन्न राजमार्गहरू खुल्ने प्रक्रियामा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
गण्डकीको बेरुजु ३ अर्ब नजिक, ५१ करोड ९८ लाख थपियो
गौर हत्याकाण्डमा सर्वोच्चको आदेश र उपनिर्वाचनबारे छलफल गर्न मोर्चाले बोलायो बैठक
यस्तो छ तपाइको आजको राशिफल
बारामा टिपरको ठक्करबाट बालिकाको मृ*त्यु
रोल्पाबाट सुन्तला बोकेर दाङ जाँदै गरेको पिकअप दुर्घटना : चालकको मृत्यु, तीनजना गम्भीर घाइते
‎जनमतका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरी जनता समाजवादी पार्टीमा प्रवेश
देशका अधिकांश भागमा मौसम सफा हुने पूर्वानुमान
बाटो निर्माणमा अनियमितता गरेको आरोपमा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मेडिकल कलेजहरुले १९ हजार मात्र तलव दिएको भन्दै डाक्टरहरु सडकमा