झापामा एक वर्षमा १२ सय ९६ दुर्घटना, ९५ जनाको मृ*त्यु

nepaltathya_news nepaltathya_news
|
शनिबार, श्रावण ३, २०८२
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • ३ साउन, भद्रपुर (झापा) ।
  • जिल्लामा आर्थिक वर्ष २०८१/ ८२ (साउन–असार)मा १२९६ सवारी दुर्घटना हुँदा ९५ जनाले ज्यान गुमाएका छन् ।
  • दुर्घटनामा १९३४ जना सामान्य घाइते हुँदा १३९ जना गम्भीर घाइते भएका छन् ।

३ साउन, भद्रपुर (झापा) ।

जिल्लामा आर्थिक वर्ष २०८१/ ८२ (साउन–असार)मा १२९६ सवारी दुर्घटना हुँदा ९५ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा १९३४ जना सामान्य घाइते हुँदा १३९ जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलका अनुसार एक वर्षको अवधिमा ५२ हजार ८७५ जना सवारी चालकलाई कारबाही गरिएको छ । उक्त कारबाहीबाट तीन करोड ९५ लाख ५५ हजार ५६० रुपयाँ राजस्व संकलन भएको छ ।

यस्तै मादक पदार्थ सेवन (मापसे) अन्तर्गत तीन हजार १७४ जना कारवाहीमा परेका छन्, जसबाट १८ लाख रुपैयाँभन्दा बढी जरिवाना सङ्कलन प्रहरी निरीक्षक पौडेलले जानकारी दिए । जिल्लाभर ट्राफिक सचेतनामूलक कार्यक्रम अन्तर्गत विद्यालय तहका आठ हजार ४६१ विद्यार्थीहरूलाई ट्राफिक नियमसम्बन्धी कक्षा दिइएको छ भने १२५० जनालाई मापसे सचेतना प्रशिक्षण प्रदान गरिएको ट्राप्रनि पौडेलले बताए । यसैबीच, ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउँदै जिल्लामा ट्राफिक भ्वाइलेशन रिकार्ड प्रणाली (टिभिआरयस) र अनलाइन जरिवाना तिर्ने प्रणाली लागू गरिएको उनले जानकारी दिए ।

गत आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले सवारी नियमनका लागि ७० थान रिफ्लेक्टर बेल्ट, ३० ट्राफिक साइन बोर्ड, ४ म्याजिक लाइट, ३ ब्रीथालाइजर, ७ कम्प्युटर, १ गोप्रो क्यामेरा र १ ल्यापटप प्रयोगमा ल्याएको छ । ट्राफिक सुधार अभियानमा विभिन्न स्थानीय तह, विद्यालय, अस्पताल, सञ्चार संस्था र सामुदायिक केन्द्रसमेतको सहकार्य गरिएको ट्राप्रनि पौडेलले बताए । कक्षा ६ देखि १० सम्मका विद्यार्थी, अटो/सिटी चालक, तथा समाजका अन्य पक्षलाई लक्षित गरी गरिएको कार्यक्रमले सडक सुरक्षामा साझा प्रयासको सन्देश दिएको उनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्षति भए पनि ऐतिहासिक अवसरको ढोका खुल्यो, अब विवाद नगरौं : गृहमन्त्री अर्याल
बाघको सङ्ख्या बढ्दा बासस्थानको समस्या
चुरोट र रक्सीमा कर नबढाउन कांग्रेस सांसद मिश्रको माग
काँकडभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलिय आयात
सरकारलाई सांसद सिंहको प्रश्न : दलित यो देशको नागरिक होइन र न्याय नपाउने ?
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेको सुझाव हस्तान्तरण
मोर्चा गठन गर्न सिंहदरबारमा मधेसी दलको बैठक बस्दै
अधुरा खानेपानी आयोजना र चुरे विनाशका कारण मधेसमा मरुभूमिकरण बढ्योः सांसद शर्मा
केन्द्रीय समितिमा रमेश लेखक: प्रधानमन्त्री ओलीले मिल्दैन भन्दाभन्दै मैले गृहमन्त्रीबाट राजीनामा दिएको हुँ