प्रतिनिधिसभाको बैठक आज पनि बस्दै
सारांश
- १३ भदौ ,प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ।
- बिहीबार दिउँसो १ बजे बस्ने बैठकको कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ।
- आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय मानवअधिकार आयोगको २३औँ वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९-०८०’ पेस गर्ने कार्यसूची छ।
१३ भदौ ,प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। बिहीबार दिउँसो १ बजे बस्ने बैठकको कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय मानवअधिकार आयोगको २३औँ वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९-०८०’ पेस गर्ने कार्यसूची छ। त्यसैगरी बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले हवाई सुरक्षा सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नेछिन्।आजको बैठकमा पनि सांसदहरुले शून्य, आकस्मिक र विशेष समयमा समसामयिक विषयमा आआफ्नो धारणा राख्नेछन्।![]()
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया