चितवनमा रेलमार्गको सर्भे गर्न गएका टोलीको गाडीमा स्‍थानीयले गरे आगजनी

nepaltathya_news nepaltathya_news
|
बुधबार, श्रावण २, २०८१
|
|
१५ पटक हेरिएको
Shares

सारांश

  •   २ साउन, काठमाडौं ।
  • चितवनमा रेलमार्गको सर्भे गर्न गएका टोलीको गाडीमा स्‍थानीयले आगजनी गरेका छन्।
  • बुधबार दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुर पुगेको आरएच कन्सल्टेन्सीको गाडीलाई स्‍थानीयले नियन्त्रणमा लिएका थिए।

 

२ साउन, काठमाडौं । चितवनमा रेलमार्गको सर्भे गर्न गएका टोलीको गाडीमा स्‍थानीयले आगजनी गरेका छन्।

बुधबार दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुर पुगेको आरएच कन्सल्टेन्सीको गाडीलाई स्‍थानीयले नियन्त्रणमा लिएका थिए। नियन्त्रणमा लिएर उनीहरूले गाडीमा आगजनी गरेको प्रहरीले जनाएको छ। गाडीमा लागेको आगो निभाउन दमकल बोलाइएको थियो। आगो नियन्त्रणमा आइसकेको छ।लपूर्वपश्चिम रेल मार्ग निर्माण गर्नका लागि हेटौंडाबाट बर्दघाटसम्म कन्सल्टेन्सीले अध्ययन गरिरहेको थियो।

वडा नम्बर ८ मा मंगलबार नै सर्भे गरिएको थियो। त्यहाँ सकेर वडा नम्बर ८ कृष्णपुरमा बुधबार बिहान पुग्दा स्थानीयले उनीहरूलाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएर दिउँसो उनीहरू चढेको गाडीलाई जलाएको हो। स्थानीयले बाक्लो बस्ती भएको ठाउँबाट रेलमार्ग बनाउन नहुने भन्दै विरोध जनाउँदै आएको थियो। स्थानीयहरूले सं‌घर्ष समिति नै बनाएर मन्त्रालयसम्म ध्यानाकर्षण गराउँदै आएको थियो।

केही समयअघि पनि सर्भे गर्न पुगेको टोलीलाई स्थानीयले नियन्त्रणमा लिएको थियो। दोस्रो पटक पुगेको टोलीलाई पुन: नियन्त्रणमा लिएर गाडी नै जलाइदिएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?