काँकडभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलिय आयात

nepaltathya_news nepaltathya_news
|
बुधबार, चैत्र १३, २०८१
|
|
८ पटक हेरिएको
Shares

सारांश

  • १३ चैत, झापा ।
  • चालु आर्थिक वर्षको आठ महिनामा काँकडभिट्टाबाट रु १२ अर्ब ७४ करोड १६ लाख मूल्य बराबरको पेट्रोलिय पदार्थ आयात भएको छ ।
  • गत आवको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु ६४ करोड १७ लाख ५९ हजारले पेट्रोलियम पदार्थको आयातमा कमी आएको छ ।

१३ चैत, झापा ।

चालु आर्थिक वर्षको आठ महिनामा काँकडभिट्टाबाट रु १२ अर्ब ७४ करोड १६ लाख मूल्य बराबरको पेट्रोलिय पदार्थ आयात भएको छ ।
गत आवको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु ६४ करोड १७ लाख ५९ हजारले पेट्रोलियम पदार्थको आयातमा कमी आएको छ ।

गत आवको आठ महिनामा रु १३ अर्ब ३८ करोड ३३ लाखको पेट्रोलियम पदार्थ आयात भएको थियो । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले पेट्रोलियम पदार्थको आयात घटे पनि राजस्व बढेको बताउनुभयो ।

चालु आवका आठ महिनामा पेट्रोलिय पदार्थको आयातबाट रु छ अर्ब १२ करोड ४२ लाख राजस्व सङ्कलन भएको छ । यो गत आवको सोही अवधिको तुलनामा पाँच दशमलव छ प्रतिशतले बढी हो । गत आवको आठ महिनामा रु पाँच अर्ब ८० करोड १८ लाख राजस्व सङ्कलन भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजेटको प्राथमिकताका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण
सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार छः अध्यक्ष दाहाल
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
काठमाडौँ महानगरको आगामी आर्थिक वर्षको बजेट माथि छलफल सुरु
‘रैथाने मौलिक खाद्य मेला’ २०८२ आज काठमाडौंमा हँदै
पिकअपको ठक्करबाट व्यवसायीको मृत्यु
काठमाडौं महानगरबाट अनुगमन भएका ४० मध्ये ७ सहकारीलाई कारबाही गर्न सिआईबीमा पत्र
आजको मौसम : पहाडी भू-भागमा चट्याङसहित वर्षाको सम्भावना
स्कटल्याण्डका जर्ज मन्सेले विराटनगरबाट एनपीएल खेल्ने
सर्लाहीमा पुनः दुइ समुदाय विच झडप, अवस्था तनावग्रस्त