टोखामा जुवातास खेलिरहेका अवस्थामा ३ महिलासहित ११ जना पक्राउ,

nepaltathya_news nepaltathya_news
|
सोमबार, आषाढ १६, २०८२
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • १६ असार, काठमाडौं ।
  • जुवातास खेलिरहेको अवस्थामा काठमाडौँको टोखाबाट प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।
  •   आइतबार साँझ टोखा नगरपालिका- १० मा रहेको एक घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरी वृत्त महाराजगन्जबाट गएको प्रहरी टोलीले नगद ५० हजार रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो।

१६ असार, काठमाडौं ।

जुवातास खेलिरहेको अवस्थामा काठमाडौँको टोखाबाट प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।  आइतबार साँझ टोखा नगरपालिका- १० मा रहेको एक घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरी वृत्त महाराजगन्जबाट गएको प्रहरी टोलीले नगद ५० हजार रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी अपिलराज बोहोराका अनुसार पक्राउ पर्नेमा तीनजना महिलासमेत छन्।

पक्राउ पर्नेमा म्याग्दीको मालिका गाउँपालिका- ५ घर भइ काठमाडौँको तारकेश्वर नगरपालिका- ४ बस्ने ३७ वर्षीया तिलकुमारी बुढा, मालिका- १ घर भएका ६६ वर्षीय शेरबहादुर पुन, गोरखा आरुघाट गाउँपालिका- ७ घर भई तारकेश्वर- ४ बस्ने ४२ वर्षीय कृष्ण न्यौपाने, सोही ठाउँ घर भइ गोंगबु बस्ने ३७ वर्षीय शंकर धिताल, सोही ठाउँका ४९ वर्षीय खड्ग अधिकारी रहेका छन्।

त्यसैगरि रसुवाको कालिका गाउँपालिका- ४ घर भइ तारकेश्वर- ६ हिलटोल बस्ने ४२ वर्षीय गोविन्द बहादुर तामाङ, नुवाकोटको स्पिाङ गाउँपालिका- २ घर भई काठमाडौँ सामाखुसी बस्ने ३९ वर्षीय जसवीर तामाङ, नुवाकोटकै पञ्चकन्या गाउँपालिका- २ घर भएकी ४० वर्षीया लक्ष्मी न्यौपाने, झापाको दमक- ३ घर भएका ५० वर्षीय विमल अधिकारी, गोरखाकै आजिरकोट गाउँपालिका- ८ घर भएका ४२ वर्षीय कृष्ण सुनार र कास्कीको लेखनाथ नगरपालिका- ७ का ४८ वर्षकी बास्मती गुरुङलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ