सगरमाथा संवादमा १७५ विदेशी प्रतिनिधिले सम्बोधन गर्ने

nepaltathya_news nepaltathya_news
|
मंगलबार, बैशाख ३०, २०८२
|
|
१ पटक हेरिएको
Shares

सारांश

  •   ३० वैशाख, काठमाडौँ : सगरमाथा संवादमा १७५ जना विदेशी प्रतिनिधिले सहभागिता जनाउने भएका छन्।
  • मंगलवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा.
  • आरजु राणा देउवाले सगरमाथा संवादमा १७५ जना विदेशी पाहुना सहभागी हुने बताइन्।

 

३० वैशाख, काठमाडौँ :

सगरमाथा संवादमा १७५ जना विदेशी प्रतिनिधिले सहभागिता जनाउने भएका छन्। मंगलवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सगरमाथा संवादमा १७५ जना विदेशी पाहुना सहभागी हुने बताइन्। उनले संवादमा ३५० जना सहभागी रहने जानकारी दिइन्। सगरमाथा संवादमा संसदीय उपाध्यक्षदेखि मन्त्रीहरूको उपस्थिति रहने बताइन्।

संवादमा सहभागी हुने विदेशी उच्चस्तरीय प्रतिनिधिहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने र समकक्षी मन्त्रीसँग साइडलाइन भेटवार्ताको व्यवस्था गरिएको बताइन्। मन्त्री राणाका अनुसार संवादको तयारी अन्तिम चरणमा पुगेको छ। तयारीस्वरूप सरकारले करिब १० वटा पूर्व संवाद कार्यक्रम आयोजना गरेको बताउनु भयो। जसअन्तर्गत जुम्लामा हिमाली डायलग, काठमाडौंमा वायु संवाद, प्रि संवाद लगायत रहेका छन्। तीन दिनसम्म सञ्चालन हुने संवाद कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने परराष्ट्रमन्त्री राणाले जानकारी दिइन्।

साथै चीन र भारतबाट प्रतिनिधित्व गर्ने र कोप २९ का अध्यक्ष एवं अजरबैजानका राष्ट्रपतिका जलवायु विषय सम्बन्धी प्रतिनिधिले सम्बोधन गर्ने मन्त्री राणाले बताइन्। १.५ डिग्री सेल्सियसभन्दा कम तापक्रम वृद्धिलाई सीमित गर्ने, पर्वतीय अर्थतन्त्रलाई दिगो बनाउने, टापुहरूमा भएको हानि र क्षति, लैङ्गिक र अन्तरपुस्तागत समानता लगायतका १२ वटा विभिन्न विषयमा छलफल हुनेछ। कार्यक्रमको मुख्य उद्देश्य जलवायु र पर्वतीय मुद्दामा क्षेत्रीय र अन्ताराष्ट्रिय सहयोगका विषयमा छलफल गर्नु रहेको बताइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशका अधिकांश भागमा आज मौसम सफा रहने
संसद विघटन गर्न राष्ट्रपतिलाई बालेनकाे आग्रह, अन्तरिम प्रधानमन्त्रीमा सुशीला कार्कीलाई समर्थन
धनगढीमा ग्यास सिलिन्डर विस्फोट, तीन जना घाइते
बाराको टाँगियाबस्तीमा बिजुली बाल्दा युद्ध जितेजस्तो भयो : कुलमान घिसिङ
असंवैधानिक सरकारका कार्य वैधानिक हुदैन : अध्यक्ष ठाकुर
नेपाली कम्युनिष्ट पार्टी र जसपाबीचको एकता अन्तिम चरणमा
महाशिवरात्रिमा पशुपति आएका साधु सन्तलाई दक्षिणासहित विदाइ
बजेट अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक हुँदै
विद्यालय शिक्षा विधेयकबारे मन्त्रीसँग छलफल गर्दै संसदीय समिति
राष्ट्रिय सभा कार्यव्यवस्था समितिको बैठक सिंहदरबारमा, महत्वपूर्ण एजेण्डामाथि छलफल