मन्त्री चौधरीद्वारा कीर्तिपुर क्रिकेट रंगशालाको निरीक्षण, तोकिएको समयमै रंगशाला सम्पन्न हुने

nepaltathya_news nepaltathya_news
|
सोमबार, आषाढ ९, २०८२
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • ९ असार, काठमाडौं ।
  •   युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण गरेका छन् ।
  • निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको भन्दै मन्त्री चौधरीले तोकिएको समयमै रंगशाला सम्पन्न हुने आशा व्यक्त गरेका हुन् ।

९ असार, काठमाडौं । 

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण गरेका छन् ।निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको भन्दै मन्त्री चौधरीले तोकिएको समयमै रंगशाला सम्पन्न हुने आशा व्यक्त गरेका हुन् ।निरीक्षणपछि पत्रकारसँग कुरा गर्दै मन्त्री चौधरीले मौसम प्रतिकूल हुँदा पनि ठेकेदारले उल्लेखनीय रुपमा काम अघि बढाएको उल्लेख गरे ।

‘काम तुफान गतिमा भइरहेको छ । मौसमले साथ दियो भने असारभित्रै रंगशाला सम्पन्न हुने हाम्रो आशा छ,’ उनले भने । उनले निर्माणकार्यमा खटिएका सबैलाई पानी नपरेको बेला दिनरात नभनी काम गर्न आग्रह गरे । क्रिकेटप्रति युवाहरूको बढ्दो आकर्षणप्रति उनले सम्मान प्रकट गर्दै भने,‘देशमा क्रिकेटको जुन क्रेज छ, म त्यो ऊर्जा र जोशलाई नमन गर्न चाहन्छु । तर क्रिकेट मात्र होइन, सबै खेलमा नेपाली खेलाडीहरूले ऐतिहासिक उपलब्धि हासिल गरिरहेका छन् ।’ उनका अनुसार यस वर्ष खेलकुद क्षेत्रमा सरकारले छुट्याएको पुरस्कार रकम ४–५ करोड रुपैयाँ भए पनि, अहिले खेलाडीहरूलाई दिइनुपर्ने पुरस्कार रकम १५–२० करोड रुपैयाँसम्म पुगेको छ । उनले आवश्यक थप बजेटका लागि अर्थ मन्त्रालयसँग समन्वय भइरहेको जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपाले थप्यो ६ जना पदाधिकारी, स्वर्णिम बने उपसभापति
इजरायलले लेबनानमा आक्रमण गर्दा एकैदिन ४९२ जनाको मृत्यु
हामी ओली सरकारको रैती होइनौं, अब सडकमा उत्रिऔं -सांसद सुमना श्रेष्ठ
बागमतीका चार मन्त्रीले दिए राजीनामा
रौतहटमा एसईईको अन्तिम तयारी : १० हजार बढी विद्यार्थी सहभागी हुँदै, सुरक्षा व्यवस्था कडा
राजावादी र गणतन्त्रवादी अटाउने नयाँ समझदारी आवश्यक छ : राजेन्द्र लिङ्देन
प्रतिनिधि सभा बैठक आज पनि, यस्तो छ कार्यसूची
सर्लाहीमा बख्तरबन्द गाडीसहित नेपाली सेनाको गस्ती
ट्रक र टिप्पर ठाेक्किँदा एक जनाकाे मृत्यु, एक घाइते
यसरी मनाइयो ३२औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस (फोटो फिचर)